coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गोंगबुमा बालकको अपहरण पछि हत्या

सांकेतिक तस्बिर

काठमाडौं-  दुई दिन अघिबाट हराएका एक बालकको शव फेला परेको छ। बालाजुको स्वस्तीक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रवीण कुवरका सात बर्षीय छोरा प्रयास कुँवर मृत फेला परेका हुन। ११ गते साँझबाट हराएका उनको शवलाई प्रहरीले केही समय अघि बोरामा बाधेको अवस्थामा म्हेपीमा फेला पारेको हो।

बालक प्रयास कुँवर

महानगरीय प्रहरी अपराध महाशाखाले प्रयासलाई अपहरणपछि हत्या गरेको आशंका गरेको छ। सो घट्नापछि महेन्द्र एसके सार्कीलाई महाशाखाले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिरहेको छ।

बालकले मेलवन इन्टरनेशल स्कुलमा कक्षा १ मा पढ्दै आएका थिए। महेन्द्र एसके प्रवीण कुँवरको गाडी चालक हुन्। उनकै सूचनाका आधारमा प्रहरीले प्रयासको शव फेला पारेको हो।

 

 

प्रकाशित: १३ मंसिर २०७५ ११:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App