३ आश्विन २०७७ शनिबार
समाज

बलात्कार गर्ने युवक पक्राउ

पोखरा – पोखराको माछापुछ्रे गाउँपालिका–८ ल्वाङघलेलमा किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ परेका छन्।

मङ्सिर ८ गते शनिबार किशोरी सुतिरहेको कोठामा पसेर स्थानीय बगरका २५ वर्षीय सुरज गुरुङले बलात्कार गरेको अनुसन्धानबाट खुलेको पछि उनलाई प्रहरीले पोखराको पृथ्वीनारायण क्यापसबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए।

उनका अनुसार ७ गते घर फर्केकी किशोरी झोक्राउने र टोलाउने गरेपछि परिवारको सोधपुछमा उनले घटनाबारे जानकारी दिएपछि सुरजलाई पक्राउ गरिएको हो।  (रासस)

प्रकाशित: १३ मंसिर २०७५ १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App