७ वैशाख २०८१ शुक्रबार
समाज

आगलागीमा परी एकै परिवारका चारको मृत्यु

भद्रपुर – झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडास्थित गए राति आगलागी हुँदा राति सुतेको अवस्थामा एकै घरका चार जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३५ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया चन्द्रा खनाल र चार महीनाको शिशु टीकाराम खनाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए।

खाना खाएर सुतिसकेपछि सो घरमा आगलागी भएको र आगलागीमा खाना पकाउने एलपी ग्यासको सिलिन्डर विष्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक ढकालले बताए।

आगलागीमा परी छिमेकी घरकी ३७ वर्षीया गीता ढुङ्गेल सख्त घाइते भएकी छन्। उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको बताइएको छ। काठको घरमा परिवारका सदस्य सुतेको र भुइँतलामा थ्रेसर राख्ने गरिएको थियो।

विभिन्न नगरपालिकाबाट आएको दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको र अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ। रासस

प्रकाशित: १० मंसिर २०७५ ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App