१५ चैत्र २०८० बिहीबार
समाज

निर्मलाका बुवालाई जहाजमा पठाउने प्रयास असफल, अब जीपमा काठमाडौं लगिने

फाइल तस्बिर

धनगढी– छोरी निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै संघर्ष गरिरहेका यज्ञराज पन्तलाई उपचारका लागि जहाजबाट काठमाडौं पठाउने प्रयास असफल भएको छ। अब उनलाई जीपमार्फत पठाउने तयारी सुदूरपश्चिम प्रदेश सरकारले गरेको छ। 

पुत्री वियोगमा रहेका यज्ञराजले पछिल्लो समय जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसिरहँदा असामान्य व्यवहार देखाएपछि उनलाई स्थानीय प्रशासनको पहलमा उपचारका लागि काठमाडौं पठाउने व्यवस्था गरिएको थियो। 

बुद्ध एयरको शनिवार साँझको फ्लाइटमा ४ वटा टिकट समेत काटिएको थियो। तर, जहाज चढ्ने बेला यज्ञराजले आक्रोशित व्यवहार देखाएपछि उनलाई पठाउन नसकिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी सुरज केसीले जानकारी दिए। 

अब उनलाई र्स्कापियो जीपमा परिवारका सदस्य तथा सादा पोशाकमा दुई सुरक्षासहित पठाउने तयारी भइरहेको छ। एम्बुलेन्स नपाएकाले जिपमा पठाउन लागिएकाे हाे। 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले निर्मलाका बुवालाई काठमाडौं पठाउन आफूले पहल गरिरहेको बताए। ‘मेले स्वकीय सचिवलाई विमानस्थल पठाएर काठमाडौं पठाउने बन्दोवस्त मिलाइरहेको छुँ’, उनले भने। 

स्थानीयका अनुसार पहिला पनि डिप्रेशनको औषधि आइरहने यज्ञराज चिसोमा धर्नामा बसेको र घटनाको तनावले असामान्य व्यवहार देखाउन सुरु गरेको बताइएको छ। 

प्रकाशित: ८ मंसिर २०७५ १५:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App