coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

शिविरबाट ९३ जनालाई नागरिकता वितरण

रुकुम - जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम) ले नागरिकता वितरणको लागि घुम्ती शिविर सञ्चालन गरेको छ।भौगोलिक विकटताका कारण जिल्ला प्रशासनसम्म आएर नागरिकता लिन नसकेकाहरुलाई मध्यनजर गरेर प्रशासनले शनिबारबाट घुम्ती शिविरको सुरुवात गरेको हो।

शनिबार प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको नेतृत्वमा गएको प्रशासनको टोलीले जिल्लाको चौरजहारी नगरपालिका–१४ मा शिविर सञ्चालन गरेको छ। नुवाकोटमा भएको शिविरबाट ९३ जनालाई नागरिकता वितरण गरिएको छ।

शिविरबाट पुरुष भन्दा महिलाले बढी नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए। महिलाहरु बढी घरायसी काममा व्यस्त हुने गरेका कारण प्रशासन कार्यालयसम्म आउन समस्या हुने गर्दा उनिहरुलाई शिविरबाटै सहज भएको उनको भनाई छ।

शिविरमा ५५ जना महिला र ३८ जना पुरुषलाई नागरिकता वितरण गरिएको प्रजिअ रेग्मीले जनाए। शिविरमा पहिलो पटक कम्प्युटरबाट प्रिन्ट गरेर नागरिकता उपलब्ध गराइएको थियो। यो भन्दा पहिले जिल्लामा सञ्चालन हुने शिविरमा हस्तलिखित नागरिकता दिने गरेपनि अब कम्प्युटरबाट प्रिन्ट गरेर दिइने उनले बताए। यसका साथै शिविरमा मतदाता नामवली समेत भरिएको थियो। यहाँका एक सय पाँच जनाले मतदाता नामवली भरेको बताइएको छ। जिल्लाका अन्य ठाउँमा पनि यस्तो नागरिकता शिविर सञ्चालन गरिने प्रजिअ रेग्मीले जानकारी दिए। 

 

प्रकाशित: ८ मंसिर २०७५ १४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App