१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

निर्मलाका बुबालाई उपचारको लागि काठमाडौं ल्याइदै

काठमाडौं- छोरीको बलात्कारपछि हत्या गर्नेलाई कारबाही माग गर्दै धर्नामा बसिरहेका निर्मला पन्तका बुबा यज्ञराज पन्तको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ।  

उपचारको लागि काठमाडौं आउन लागेको उनकी श्रीमती दुर्गादेवी पन्तले बताइन्। 'एकोहोरो बोलेको बोल्यै गर्ने र आफू के बोलें भन्ने थाहा नपाउने हुनु भएको छ', दुर्गादेवीले भनिन्, 'उपचारको लागि काठमाडौं ल्याउन लागेका छौ।' उनीसँगै ४ जना श्रीमानको उपचारको लागि आउन लागेको बताइन्।

उनले देखाएको व्यवहारले डिप्रेसनमा पुगेको हुन सक्ने अनुमान गरिएको छ। दुई हप्तादेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्ना बसेका उनले फरक व्यवहार देखाएपछि उपचारको लागि काठमाडौं ल्याउन लागिएको हो।

गत साउन १० मा छोरी निर्मला हराएदेखि पीडा खेपिरेहेका यज्ञराज अहिले एकाएक बर्बराउने चिच्याउने गालिगलौज गर्ने जस्ता अस्वाभाविक व्यवहार देखाइरहेका छन्। साउन ११ मा छोरीको बलात्कार र हत्याभएको पीडामा रहेका यज्ञराज दोषीको पहिचान र कारबाहीको माग गर्दै कञ्चनपुरदेखि काठमाडौसम्म आएर हार गुहार गरे। तर हत्या भएको ४ महिना पुग्नलाग्दा पनि प्रहरीले अपराधी पहिचानसमेत गर्न असफल भइरहेको छ।

१३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव भेटिएको थियो। घटनाको अनुसन्धानमा लापरवाही गरेको अभियोगमा तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर बर्खास्त भएका छन्।

प्रकाशित: ८ मंसिर २०७५ ०८:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App