coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वडाध्यक्ष विरुद्ध बलात्कारको उजुरी

तनहुँ - शुक्लागण्डकी– ८ का वडाअध्यक्ष कृष्ण रेग्मी विरुद्ध बलात्कारको उजुरी परेको छ। सोही वडाकी २५ बर्षीय एक युवतीले विहीबार ईलाका प्रहरी कार्यालय बेलचौतारमा रेग्मीबिरुद्ध उजुरी दिएकी हुन्। उनले दिएको उजुरीमा विभिन्न मितीमा पटक पटक रेग्मीले ललाई फकाइ गरी बलात्कार गरेको उल्लेख छ। 

युवतीले गत सोमबार शुक्लागण्डकी न्यायिक समितिमा आफु बलात्कारमा परेको भन्दै उजुरी दिएकी थिइन्। न्यायिक समितिको कार्यक्षेत्रमा बलात्कारको घटना नपरेपछि न्याययिक समिति संयोजक उपमेयर सविता रसाईलीले ईलाका प्रहरी कार्यालय बेलचौतारमा सिफारिस गरि पठाएकी हुन्।

बेलचौताराका प्रमुख प्रहरी निरिक्षक श्रवणकुमार विकले अनुसन्धान जारी रहेको र रेग्मीलाई कानुनी दायरामा ल्याउने जनाए। उजुरी दर्तापछि रेग्मीकाे खोजी भइरहेको प्रहरीले जनाएको छ। उता रेग्मी भने मोबाईल अफ गरेर सम्पर्कविहिन बनेका छन्। 

 

प्रकाशित: ७ मंसिर २०७५ १०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App