१९ असार २०७७ शुक्रबार
समाज

बलात्कार अाराेपमा पक्राउ

भक्तपुर - ५० वर्षकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुर थिमि नगरपालिका ६ बाहाखा बजार बस्ने ५५ वर्षीय कमल श्रेष्ठलार्इ जबरजस्ती करणीकाे अाराेपमा पक्राउ गरेकाे हाे।

गत असोज १६ गते श्रेष्ठले महिलालाई आफ्नो जुत्ता पसलको पछाडी रहेको कोठामा लगी जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएकाे छ। श्रेष्ठलाई उनकै घरबाट पक्राउ गरी विहीबार जिल्ला अदालत भक्तपुरबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

 

प्रकाशित: ६ मंसिर २०७५ २०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App