८ वैशाख २०८१ शनिबार
समाज

गाउँपालिकाको केन्द्र विवाद :  कर्मचारी एकातिर जनप्रतिनिधि अर्काेतिर

जाजरकोट - जाजरकोटको जुनीचाँदे गाँउपालिकाको प्रशासनिक केन्द्र कहाँ राख्ने भनेर जनप्रतिनिधि तथा कर्मचारीबीच विवाद सिर्जना भएकाे छ। विवादले सेवा प्रवाहमा समेत समस्या सिर्जना गरेकाे छ। सरकारले  नेपाल राजपत्रमा सुचना प्रकाशित गरि तोकेको केन्द्रलाइ अध्यक्ष कृष्णवहादुर केसी लगाएतका केहि जनप्रतिनिधिले नमान्ने वताएपछि विवाद सुरु भएको थियो। सरकारले जुनीचाँदेको केन्द्र मजकोटको सानाखोलामा तोकेको छ।

अध्यक्ष केसी लगाएतका केहि वडाध्यक्षहरुले गाउँपालिकाको केन्द्र लुहादहमा हुनुपर्ने भन्दै कार्यपालिकावाट समेत निर्णय गराएका छन् भने अन्य जनप्रतिनिधिहरुले राजपत्रमा प्रकाशित गरेर सुचना गरिएको स्थानवाट नै  प्रशासनिक कामहरु हुनुपर्ने अडान राख्दै आएका छन्।  अध्यक्ष केसीले लुहादहमा कार्यालय राख्न कर्मचारीलाइ भन्दै आएका छन् भने कर्मचारीले भने विवाद भएका कारण गाउँमा जान मानेका छैनन्।  जनप्रतिनिधिहरुबीच केन्द्रको विवाद भएपछि अहिले सम्म गाउँपालिकाको कार्यालय सदरमुकाम खलंगाको गैरीखालीमा थन्किएको छ। सरकारले जुनीचाँदेको प्रशासनिक केन्द्र सानाखोलामा तोकेको छ भने अध्यक्ष केसी पक्षका जनप्रतिनिधिहरुले लुहादहमा केन्द्र हुनु पर्ने माग गर्दै आएका छन्।

वहुमत सदस्यहरुले गरेको निर्णयलाइ नै सवैले मान्नुपर्ने गाउँपालिकाका अध्यक्ष केसीले वताए। उनले गाउँ कार्यपालिकाको वैठकले  केन्द्र लुहादहमै तोक्ने निर्णय गरेको  तर कर्मचारीहरुले आफुहरुलाइ  नटेरेको गुनासो गरे।  केन्द्र विवाद गाउँपालिकाको वैठकले  टुंग्याएपनि  केहि पक्षले विवादमा ल्याइरहन चाहेको उनले वताए। उता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पौडेलले मन्त्रालयले तुरुन्त गाउँपालिकाको केन्द्र सानाखोलामा गएर काम गर्न  ताकेता गरेको भएपनि जनप्रतिनिधिहरुको विवादले आफुहरु गाउँ जान नसकेको वताए। गाउँपालिकाको केन्द्रको विषयलाइ लिएर  दुवै पक्षका जनप्रतिनिधि र स्थानीयहरुले  अदालत, संघीय मामिला मन्त्रालय र  कर्णाली प्रदेश सभामा  मुद्दा दिएको वताए।  

 

प्रकाशित: ६ मंसिर २०७५ ११:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App