१९ असार २०७७ शुक्रबार
समाज

छिमेकी महिलामाथि बलात्कार

बीरगन्ज - पर्सामा एक महिला अाफ्नै छिमेकीद्वारा बलात्कृत भएकी छन्। पर्साको छिपहरमाई गाउँपालिकाकी एक महिलालाई घरमा कोही नभएको मौकाछोपी छिमेकी ३२ वर्षीय राजकुमार यादवले बलात्कार गरेका हुन्। गत मंगलबार साँझ अाफुमाथि बलात्कार भएकाे भन्दै पीडित महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि घटना वाहिरिएकाे हाे।

प्रहरीका अनुसार मंगलबार साँझ यादवले घरभित्र गर्इ मुखथुनेर जबरजस्ती करणी गरेकाे जाहेरीमा उल्लेख छ। घर बाहिर रहेका श्रीमानलाई लगत्तै पीडित महिलाले फोन गरेर घटना बारे बताएकी थिइन्। श्रीमानकै सहयोगमा महिलाले बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिएकी हुन्। ‘आरोपित फरार रहेको अवस्था छ, हामीले खोजतलास गरिरहेका छौं,’ पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, ‘स्वास्थ्य परीक्षण गराएर पीडित महिलालाई घर पठाइएको छ। आरोपीलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय पोखरीयालाई निर्देशन दिइएको छ।’

 

प्रकाशित: ६ मंसिर २०७५ १६:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App