७ वैशाख २०८१ शुक्रबार
समाज

सवारी दुर्घटनामा २ को मृत्यु

भद्रपुर – झापा मेचीनगर नगरपालिका–१२ मा बुधबार साँझ सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत मेनपा–१२ स्थित कालीझोडामा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार बिर्तामोड–५ का २७ वर्षीया मञ्जुल बराइली र स्कुटर चालक मेचीनगर–१० का २४ वर्षीय युवराज खत्रीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको वा६९प ७९९४ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्व आइरहेको मे१०प ६६६४ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका दुबै जनाको उपचारका क्रममा विर्तामोडस्थित विएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि बस्ने काठमाडौं जडीबुटीकी १८ वर्षीया सुविसा गुरुङको विर्तामोडस्थित कनकाई हस्पिटलमा उपचार भइरहेको छ। दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।    (रासस)

प्रकाशित: ६ मंसिर २०७५ ०४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App