२५ असार २०७७ बिहीबार
समाज

कुटपिट गरेर महिलामाथि बलात्कार, अभियुक्त झिकाएर अनुसन्धान सुरु

खोटाङ– खोटाङमा महिलालाई घाइते बनाएर जबरजस्ती बलात्कार गरेका अभियुक्तमाथि प्रहरीले अनुसन्धान थालेको छ। गत साउन १ गते दिक्तेलबाट घर जाँदै गरेकी महिलालाई जंगलमा कुटपिट गरेर घाइते बनाएर बलात्कार गरी केही नगद र मोबाइल समेत लुटेर हिँडेका अभियुक्त दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका निसान राईमाथि प्रहरीले अनुसन्धान थालेको हो। जिल्ला प्रहरीको सहयोगमा मोरङ प्रहरीले बिराटनगर रानीबाट गत भदौ ८ गते पक्राउ गरेका राईलाई सोमबार खोटाङ ल्याएर थप अनुसन्धान थालिएको डिएसपी राजकुमार केसीले बताए।

पक्राउका क्रममा नाबालिका समेत साथमा राखिरहेको पाइएपछि सो मुद्दामा मोरङ अदालतको आदेशमा पुर्पक्षका लागि हालसम्म जेल बसेका राईलाई जिल्ला ल्याएर जबरजस्ती करणी मुद्धाको अनुसन्धान थालिएको हो। बलात्कारका क्रममा प्रतिकारका क्रममा कुटपिट हुँदा घाइते भएकी महिलाको काठ्माडौंमा महिना दिनसम्म उपचार गरिएको आफन्तले बताएका छन्। राईबिरुद्ध पीडित महिलाले साउन ४ गते प्रहरीमा उजुरी दिएकी छन्। ‘सुरुमा बलात्कारमा संलग्न दोषीको पहिचान भएको थिएन। अनुसन्धानबाट दोषी र बसिरहेको स्थान पहिचान गरेर मोरङ प्रहरीको सहयोगमा पक्राउ गरियो’, डिएसपी केसीले भने, ‘साथमा नाबालिका समेत राखेको फेला परेपछि मोरङमा मुद्दा चलाइयो। उताको केस सकिएपछि बलात्कार मुद्दाको अनुसन्धान थालेका छौं।

प्रकाशित: ४ मंसिर २०७५ २०:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App