१६ चैत्र २०८० शुक्रबार
समाज

घुस लिएको ८० हजार गन्दा गन्दै सरकारी वकिल पक्राउ

भैरहवा-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीबाट जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलालाई मङ्गलबार सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ । 

मङ्गलबार बिहान ११ बजे सरकारी वकिलको कार्यालयमा सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिएर गनिरहेका बेला सेवाग्राहीको सूचनाका आधारमा पुगेको आयोगको टोलीले उहाँलाई पक्राउ गरेको हो । आयोगको कार्यालयले अनुसन्धान भइरहेकाले थप जानकारी दिन नमिल्ने बताएको छ ।

प्रकाशित: ४ मंसिर २०७५ ०८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App