७ वैशाख २०८१ शुक्रबार
समाज

पार्किङ गरिएको नगरपालिकाको गाडीमा आगजनी

जुम्ला- जुम्लाको चन्दननाथ नगरपालिकाको गाडीमा आगजनी भएको छ।  नगरपालिका भित्रको कम्पाउण्डमा पार्किङ गरेर राखेको गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।   क १ झ १ नम्वरको गाडीमा आगजनी प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिए।

नगरपालिकाको गाडीसंगै डोजर र  टिप्पर पार्किङ गरिएको थियो। नगरपालिकाकी उपप्रमुख अप्सरा न्यौपानलेले भनिन्,“संगै पार्किङ गरेका गाडी जलेका छैनन्। एउटै मात्र गाडी जलेको छ, यो निकै रहस्यमय छ।” आफु शुक्रबार घर तिर गएको र आगजनी भएको सुन्ने वित्तिकै हतारहतारमा नगरपालिकामा आउँदा गाडी काम नलाग्ने भईसकेको उनले बताईन्। आगो कसरी, किन र कसले लगाएको भन्ने बारेमा खुलेको छैन।

 

प्रकाशित: २ मंसिर २०७५ ०७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App