२९ असार २०७७ सोमबार
समाज

हृदयघातका कारण उद्योग वाणिज्य संघ पाल्पाका उपाध्यक्ष कार्कीको निधन

पाल्पा – पाल्पा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष कमलकृष्ण कार्कीको निधन भएको छ। हृदयघातका कारण युनाईटेड मिशन अस्पतालमा कार्कीको निधन भएको संघका महासचिव यादवसिंह कार्कीले बताए।
 
होटल क्राउनका सञ्चालक समेत रहेका कार्की ६ महिना अगाडीमात्र संघको उद्योग उपाध्यक्षमा निर्वाचित भएका थिए। पहिलेका उद्योग उपाध्यक्ष राजु श्रेष्ठको पनि हृदयघातका कारण मृत्यु भएपछि भएको विशेष अधिवेशनबाट उनी उद्योग उपाध्यक्षमा निर्वाचित भएका थिए। पाल्पाको ढाका व्यवसायी समेत रहेका कार्की पर्यटन क्षेत्रको विकासका लागि क्रियाशिल व्यक्ति हुन्।

प्रकाशित: ३० कार्तिक २०७५ ०९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App