२५ असार २०७७ बिहीबार
समाज

बलात्कार आरोपमा १४ वर्षीय किशोर पक्राउ

उदयपुर– सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा उदयपुरका १४ वर्षीय किशोर पक्राउ परेका छन्। जिल्लाको रौतामाई गाउँपालिका ५ की बालिकामाथि जवरजस्ती गरेको आरोपमा सोही ठाउँका १४ वर्षीय किशोर पक्राउ परेको प्रहरीले जनाएको छ।  

तिहार भाइटीकाको साँझ घटेको घट्नाको विवरण पीडितका आफन्तले प्रहरीलाई खवर गरेपछि मंगलवार साँझ अभियुक्तलाई पक्राउ गरिएको हो। वडाध्यक्षमार्फत पीडितका आफन्तले प्रहरी गुहारेपछि प्रहरी टोली घट्नास्थल पुगेर अभियुक्त किशोरलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि सदरमुकाम ल्याएको प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए। 

पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी अभिभाकको जिम्मा लगाइएको छ। बालकलाई भने सुधारगृहमा राखेर प्रहरीले अनुसन्धान थालेको छ। बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको वडाध्यक्ष पाण्डव राईले बताए।  

प्रकाशित: २८ कार्तिक २०७५ २१:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App