coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरीलार्इ घुस दिने पक्राउ

काठमाडौं - प्रहरीलार्इ घुस दिने २ जनालार्इ छुट्टाछुट्टै ठाउँबाट पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले भक्तपुर मध्यपुर ठिमी नगरपालीका ३ गठ्ठाघर चोकमा चेकजाँच गर्ने क्रममा ना ५ ख ७१८१ नम्बरको ट्रकका चालकले रूट प्रमिट कागज भित्र नगद रू २०० रूपैयाँ राखी घुस दिएकोले ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

यसैगरी, काठमाडाैंकाे बुद्धनगरमा चेकजाँच गर्ने क्रममा गिट्टी बोकेको बा २ ख ८१२९ नम्बरको मिनिट्रक र त्यसका चालक जित बहादुर तामाङलार्इ समेत प्रहरीले पक्राउ गरेकाे छ। उनकाे साथमा अावश्यक कागजपत्र नभएकोले प्रहरीलाई नगद रु एक हजार घुस दिएकोमा निजलाई सवारी साधन सहित नियन्त्रणमा लिइएकाे महानगरीय प्रहरी वृत्त बानेश्वरले जानकारी दिएकाे छ।

 

प्रकाशित: २८ कार्तिक २०७५ १०:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App