coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कर्तव्य ज्यान मुद्दाका दोषी ७ वर्षपछि पक्राउ

खोटाङ – खोटाङमा कर्तव्य ज्यान मुद्दाका फरार दोषी ७ वर्षपछि पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दामा सर्बोच्च अदालतबाट २०६८ साल असार २४ गते १० वर्ष कैद हुने फैसला सुनाइएका रावाबेँसी गाउँपालिका–६ हौंचुरका ३८ वर्षीय रामचन्द्र राई फरार रहेको लामो समयपछि पक्राउ परेका हुन्। 

सोमबार घरबाटै पक्राउ परेका राईलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गरिएकामा अदालतको आदेशमा कैद भुक्तानका लागि सोमबार नै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले बताए। २०६२ सालमा सोही स्थानका अर्जुन राईको हत्या अभियोगमा अदालतले उनलाई दोषी ठहर गरेको थियो।

प्रकाशित: २७ कार्तिक २०७५ ०९:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App