२९ श्रावण २०७७ बिहीबार
समाज

चक्लेट र पैसा देखाउँदै नौ वर्षीय बालिकामाथि बलात्कार

रुकुम (पश्चिम) - रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकामा एक बालिका बलात्कृत भएकी छन्। गाउँपालिका–८ की ९ वर्षीया एक बालिका बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ। बालिकालाई सोही ठाउँका १९ वर्षीय सुरेश विकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

शुक्रबार भाइटीकाको दिन बेलुका विकले बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रहरी निरीक्षक ऋषिकुमार ढुंगानाले जानकारी दिए। साँझ घरमा बसीरहेकी बालिकालाई एक्लै बोलाई चक्लेट र पैसा देखाउँदै प्रलोभनमा पारेर घरभन्दा करिब दुईसय मिटर भर खोलामा लगेर बलात्कार गरेको पीडित परिवारले दिएको उजुरीमा उल्लेख छ। बालिकालाई बलात्कार गर्ने विक अहिले फरार रहेको प्रहरी निरीक्षक ढुंगानाले बताए। उनको खोजि भइरहेकाे प्रहरीले बताएकाे छ। पीडित बालिकाकाको आइतबार जिल्ला अस्पताल सल्लेमा स्वास्थ्य परिक्षण समेत गरिएको थियो। आइतबार नै पीडितले जिल्ला प्रहरी कार्यालयमा विक विरुद्ध उजुरी दर्ता गराएका छन्। 

 

प्रकाशित: २६ कार्तिक २०७५ १९:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App