coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बलात्कार आरोपी पक्राउ

उदयपुर - तिहारमा देउसी खेल्न निस्केकी किशोरीलाई बलात्कार गरेको आरोपमा उदयपुरका २० वर्षीय युवा पक्राउ परेका छन्। गाेवर्द्धन पुजाकाे साँझ देउसी खेल्न साथीसँग हिडेकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा जिल्लाको त्रियुगा नगरपालिका ९ सयपत्री टोलका प्रेम राया पक्राउ परेका हुन्।

रायाले किशोरीलाई २२ गते राति आफन्तको घरमा लगेर बलात्कार गरेको उजुरी पीडितले दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। आफन्तको जाहेरी अनुसार रायालाई भाइटीकाको साँझ नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए। रायालाई पक्राउ गरी दुवैपक्षलाई राखेर सोध्दा पीडितले आफुलाई बन्धक बनाएर बलात्कार गरेको आरोप किशोरीले लगाएकी छन्।

यसअघि चिनजानकै उनीहरु सामाजिक सञ्जाल फेसबुकमा पनि साथी रहेको प्रहरी अनुसन्धानले देखाएको छ। शनिवार दिएको पीडितको जाहेरी अनुसार आइतबार मुद्धा दर्ता गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ। 

 

प्रकाशित: २६ कार्तिक २०७५ १२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App