२१ असार २०७७ आइतबार
समाज

बलात्कारी विरुद्ध मुद्धा दर्ता

खोटाङ – महिला बलात्कार गर्ने युवक विरुद्ध मुद्धा दर्ता भएको छ। सुतीरहेकी महिलालाई मुख थुनेर बलात्कार गर्ने केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका २० वर्षीय मनराज विक बिरुद्ध जबरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता भएको हो।

बलात्कार गरेको उजुरीका आधारमा कात्तिक २३ गते पक्राउ परेका विक विरुद्ध अाइतबार जबरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। श्रीमान देउसीभैली खेल्न गएको बेलामा घरमै सुतीरहेकी महिलालाई विकले कात्तिक २२ गते राती बलात्कार गरेको प्रहरीले जनाएको छ। उजुरीपछि उनलाई प्रहरी चौकी खार्ताम्छाको टोलीले पक्राउ गरेको हो। 

 

प्रकाशित: २६ कार्तिक २०७५ १६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App