१६ चैत्र २०८० शुक्रबार
समाज

बर्दियामा सामूहिकरुपमा किशोरी बलात्कृत, दुई भारतीय पक्राउ

बर्दिया- बढैयाताल गाउँपालिकामा बसोबास गर्ने साबित्रा (नाम परिवर्तित) दिनहुँ जस्तै गरी आईतवार साँझ घर नजिक बाख्रा चराउन हिँडेकी थिईन। घरदेखि ५ सय मिटरको दुरीमा  नजिकको अडहर बारी र लिस्टिकका बिरुवा रोपिएको ठाउँमा बाख्रा चराउन जान थालेको करिब एक महिना  भएको थियो। उक्त ठाउँ नेपाल–भारतको दशगजाको ५ सय मिटर नेपाल तर्फ उत्तरमा पर्दछ।

साँझको ६ नबज्दै  झिसमिसेमा बाख्रा चराउँदै गर्दा एक युवाले उनलाई बाेलायो। उनी  यूवाको नजिक मात्र पुगेकि थिईन त्यो युवाले उनको कुम च्याम्प समात्यो।

साथी हो कि वा चिनेको कोहि हो भनेर राम्ररी हेरिन। नचिनेको अनुहार देख्दा उनी झसंग भईन। उनले  परिचित कोहि हो कि भनेर  नियाल्दै गर्दा पछाडिको कुम समातेको केटाले अर्को हात पनि अघि ल्यायो।

उनलाई समातेर  नियन्त्रणमा लियो। हल चल गर्न सकिनन्। लगत्तै  अर्को  केटा आयो। दुई जनाले नजिकको अडहरको बारीमा लगे। उनी माथी जवर्जस्ती करणी गर्न थाले। बचाउ बचाउ भनेर कराईन। गुहार मागिन। सुनसान ठाउँ  नजिक घर नभएकाले कसैले सुनेन। बलात्कारपछि दुई जना यूवा कुलेलाम ठोके। अर्धचेत अवस्थामा उनी घर पुगिन्। घर पुगेर आमालाई अतालिदै घटनाको विवरण भनिन्। घरपरिवार र स्थानीयले प्रहरीमा फोन गरे।

प्रहरी खबर पाए लगत्तै घटनास्थल पुग्यो। हुलिया लिएर अपराधीको खोजीमा जुट्यो। सीमावर्ती क्षेत्रका प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा प्रहरी परिचालन भए। भाग्नै थालेका दुई जना भारतीय नागरिकलाई प्रहरी समात्न सफल भयो।

‘मलाई यो हालतमा पुर्‍याउनेलाई कारबाही गर्नु पर्छ’ मंगलबार ईलाका प्रहरी कार्यालयमा पुगेकी सामूहिक बलत्कारकी सिकार बनेकी  पीडित किशोरीले प्रहरीसँग आग्रह गरिन।

‘म आत्तिए,मैले केहि सोच्न सकिन’उनले घटना सम्झिदै भनिन, ‘ मार्दिन हो भनेपछि मलाई नमार जे पनि गर भने’ ‘केहि सोच्न नसक्ने अवस्थामा आमालाई घटना बिबरण सुनाएको उनले बताईन। ‘सडकमा मानिस हिँडेको आवाज आएपछि उनलाई छाडेका थिए।

घटना प्रकृति हेर्दा बलत्कार पछि ज्यान मार्ने योजनाका साथ भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ। यस्तो घटनामा पीडितको ज्यान लिने सम्मका अपराधीले अपराध गर्न सक्ने जिल्ला प्रहरी कार्यालयका एसपि सुरेन्द्र मैनालीले बताए। योजनावद्ध नभई आकस्मिक घटना घटेको निष्कर्ष निकालेको प्रहरी घटनास्थल पुगेको १ घन्टा भित्र आरोपी नियन्त्रणमा लिन सफल भएको थियो। घटना घटाएर भारतीय दुई जना अपराधी उम्कन थालिसकेको बेला  नियन्त्रण लिन सफल एसपी मैनाली दाबी गरे। बलात्कार पछि फरार भएका भारत उत्तर प्रदेशको बहराइच मोतिपुरका १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए।

प्रहरीले खबर पाएलगत्तै सीमावर्ती क्षेत्रमा ब्यापक सुरक्षाकर्मी परिचालन गरेर फरार भारतीय नागरिकलाई पक्राउ गर्न प्रहरी सफल भएको एसपी  मैनालीले बताए।  नियन्त्रणमा रहेका दुबै जनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

प्रकाशित: २६ कार्तिक २०७५ ०८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App