२१ असार २०७७ आइतबार
समाज

चिकित्सक नहुदा बलात्कृतको मेडिकल हुँदैन

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा तालिम प्राप्त विशेषज्ञ चिकित्सक नहुदा बलात्कृतको मेडिकल जाँच हुन सकेको छैन्। बलात्कृतको मेडिकल गर्न नमान्दा प्रहरीको अनुसन्धान प्रभावित हुने गरेको डीएसपी सिताराम रिजालले जानकारी दिए। उनका अनुसार दसैं र तिहारको अवधीभर ४ जना महिला बलात्कृत भएका हुन्।

‘विशेषज्ञ नभएको भन्दै अहिलेसम्म पिडक र पिडीत दुबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सकले मेडिकल गर्न मान्दैनन्’, डीएसपी रिजालले भने, ‘अस्पताललाई लिखित रुपमा पत्राचार गर्दा समेत कुनै वास्ता भएन्, समयमै स्वास्थ्य परिक्षण नहुदा अनुसन्धान अघि बढ्न सकेको छैन्। स्वास्थ्य परिक्षणमा ढिलासुस्ती हुदा प्रमाणनष्ट हुने खतरा बढ्ने गरेको छ।’

विशेषज्ञ र तालिम प्राप्त चिकित्सक नभएको भन्दै अस्पताल आलटाल गरिरहेको प्रहरीको आरोप छ। कार्तिक २२ गते पिडीत र पिडकको स्वास्थ्य परिक्षणका लागि प्रहरीले प्रतिष्ठानलाई पत्राचार गरेपछि अस्पतालका मेडिकल डाइरेक्टर पुजन रोकायाले विशेषज्ञ र तालिम प्राप्त चिकित्सक नहुदा स्वास्थ्य परिक्षण गर्न नसकिने प्रतिक्रिया दिएका थिए। जिल्ला प्रहरी कार्यालय जुम्लाले कालिकोट जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षणका लागि पठाएकोछ। डीएसपी रिजालले विशेषज्ञ चिकित्सक उपलब्ध गराउको लागि संघीय ईकाईमा पत्राचार गरिएको जानकारी दिए।

पछिल्लो समयमा बलात्कारका घटना दिननानु दिन बढ्दै गइरहेको छन्। तर स्वास्थ्य परिक्षण गर्ने चिकित्सक अभावले समस्या भइरहेको हो। जिल्लाको पातारासी गाउँपालिका २ की नाम परिवर्तन (सिडी) कार्तिक १८ गते बलात्कृत भइन। पिडीत महिलाको बयानका आधारमा सोही वडाका ४५ वर्षीय भैर सार्कीलाई प्रहरीले नियन्त्रणमा छन्। तिला ४ की घाँस काट्न गएकी दुई महिला कार्तिक १८ गते घर फर्कदै गर्दा चार जनाको समूहिक बलात्कारमा परिन्। घटनामा संलग्न भएको आरोपमा ४ जना विरुद्ध किटानी जाहेरी परिसकेको छ।

कार्तिक १ गते तातोपानी गाउँपािलका–२  की एक महिला बलात्कारको सिकार भइन्। बलात्कारको आरोपमा २६ वर्षीय भक्त सार्कीलाई प्रहरीले पक्राउ रेको छ। अहिले स्वास्थ्य परिक्षण हुन नसक्दा बलात्कृत महिलालाई न्याय दिने सवालमा ढिलासुस्ती भइरहेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका रजिष्टार विश्वराज काफ्लेले नेपाल सरकारद्वारा प्रकाशित नेपाल राजपत्रमा बलात्कृतको स्वास्थ्य परिक्षण गर्दा सम्वन्धीत विषयको विशेषज्ञ हुनु पर्ने र त्यस्तो विशेषज्ञ नभएको खण्डमा तालिम प्राप्त चिकित्सकले गर्नु पर्ने उल्लेख गरेकोले समस्या भइरहेको बताए। ‘परिक्षण गर्ने विशेषज्ञ र चिकित्सकले प्रतिवेदन तयार पार्नु गर्ने, संभव भएसम्म कम्प्युटर टाइप गरी बेहोरा उल्लेख गर्नु पर्ने र परिक्षण प्रतिवेदनको सक्कल प्रति नै संलग्न गर्नु पर्ने प्राब्धानले समस्या भएको उनले बताए।

नेपाल राजपत्रमा उल्लेख भएको जस्तो चिकित्सक र विशेषज्ञ नभएकोले बलात्कृतको स्वास्थ्य परिक्षण गर्न नसकिएको अस्पतालले जानकारी दिएको छ। आगामी दिनमा राजपत्रमा उल्लेख भए अनुसारको चिकित्सक राख्ने विषयमा अस्पताल प्रशासन गम्भीर देखिएको बताइएको छ।

प्रकाशित: २५ कार्तिक २०७५ १२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App