७ वैशाख २०८१ शुक्रबार
समाज

खुकरी देखाई बलत्कार गर्ने एक जना पक्राउ

कपिलवस्तु – खुकुरी देखाएर बलत्कार गरेको आरोपमा कपिलवस्तुमा एक जना पक्राउ परेका छन्। कपिलवस्तु नगरपालिका– ८ दोहनीका  ५५ वर्षिय बर्मा भनिने तालकु बढईलाई प्रहरीले प्रक्राउ गरेको हो।

गत कार्तिक १७ गते राति १० बजेतिर आफु खुकुरी देखाई बलात्कार गरेको भन्ने एक महिलाको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। कार्तिक १८ गते उनी विरुद्ध ति महिलाले प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्। 

बढईलाई पक्राउ गरी जरबजस्तीकरणीको मुद्दामा अदालतबाट ७ दिनको म्याद थपी कारबाही प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०७५ ०८:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App