१६ चैत्र २०८० शुक्रबार
समाज

'फोटो नेपाल' मा भक्तपुरका तस्बिर

काठमाडौं- नेपाल पर्यटन बोर्डले मासिक रुपमा आयोजना गरिरहेको ह्यास ट्याग फोटो नेपाल (#photoNepal) अन्तर्गत नोभेम्बर महिनामा हुने प्रदर्शनीमा नेपाली तथा चिनिँया फोटोग्राफरहरुले खिचेका नेपालका तस्बिरहरुको प्रदर्शनी शुरु भएको छ।

यसअघि गत महिना अक्टोबर १ देखि ७ सम्म चीनको शुन्दे जिल्ला, बेइजाओ शहरको कल्चर सेन्टरमा 'फोटो नेपाल' प्रर्दशनी भएको थियो। तिनै फोटोहरुको दोश्रो प्रदर्शनी यसपालीको फोटो नेपालमा गरिएको हो। यस पश्चात् यी फोटोहरुको प्रर्दशनी भक्तपुरमा यही नोभेम्बर महिनाको ६, ७, ८ तारिखमा गरिने भएको छ। फोटो मार्फत् पर्यटन अभिवृद्धिगर्ने उदेश्यका साथ गएका वर्षहरुबाटै 'फोटो नेपाल'का श्रृंखलाहरु नेपाल लगायत विदेशी भूमिमा पनि आयोजना हुँदै आएका छन्। नेपाल पर्यटन बोर्डले यस फोटो नेपालका श्रृंखलाहरुको आयोजना र सहजिकरण गर्ने कार्य गर्दछ।

हरेक फोटो नेपालका प्रदर्शन श्रृंखलाहरु कुनै एक स्थान विशेषका फोटोहरु, सभ्यता र जीवनशैली प्रतिविम्बित गर्ने हेतुले आयोजना गरिन्छ। अर्कोतर्फ बिभिन्न देशका पर्यटक अनि फोटोग्राफरहरुले यहाँ आउँदा खिचेका फोटोहरुलाई पनि फोटो नेपालले विशेष स्थान दिएर प्रदर्शन गर्दछ। यसपटक चिनिँया फोटाग्राफरका लेन्सका माध्यमबाट भक्तपुरलाई देखाइएको छ। भक्तपुरको जीवनशैली, संस्कार, सभ्यता, संरचना अनि नेवारी समाजका हरेक अवयवहरुलाई यसपटकको फोटो नेपालले पस्किने जर्मको गरेको छ।

नेपाल पर्यटन बोर्डको चिनिँया बेइजाओ फोटोग्राफी एशोसियसन, नेपाल पर्यटन विकास ब्यवसायी संघ र भक्तपुरको किपाग्राफीको सहकार्यमा आयोजना गरिएको हो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App