१५ चैत्र २०८० बिहीबार
समाज

दुई लाख तीस हजार भारुसहित एक जना पक्राउ

वीरगञ्ज – दुई लाख तीस हजार भारतीय रुपैयाँसहित एक जनालार्इ पर्सा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जिल्लाको जरनाथपुर– ५ घर भर्इ हाल विरगञ्ज महानगरपालिका–१३ बस्ने ४५ वर्षीय विजय साह कलवारलाई २ हजार दरका १०० सय थान र ५०० दरका ६० थान अवैध नोटसहित वीगञ्ज रक्सौल नाकाबाट पक्राउ गरिएको हो।

पक्राउ परेका कलवारलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको पर्सा प्रहरीले जनाएको छ।

प्रकाशित: १९ कार्तिक २०७५ ०६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App