८ वैशाख २०८१ शनिबार
समाज

बेलायती दूतावास भित्रै  च्यातियो पर्यटनमन्त्री अधिकारीको  भिसा

मन्त्री अधिकारीको च्यातेर रातो मसीले क्रस गरेको अवस्थामा भेटीएको फोटो

लण्डन - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बेलायतको  भिसा च्यातिएको अवस्थामा भेटिएको छ। नोभेम्वर ५ देखी ७ तारिख सम्म लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागि हुन वेलायत आउन लागेका अधिकारीको  भिसामा वेलायती दूतावासको लापर्वाही गरेको कारणले भिसा रद्द भएको हो।

मन्त्री अधिकारीको राहदानी संकलन गर्न काठमाडौंस्थित भिएचएफ कार्यालय पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कर्मचारीलाई  च्यातिएको  र रातोमसीले क्रस गरेर भिसा थमाए पछि उनको बेलायत भ्रमण प्रभावित हुन पुगेको हो।

भिसा रद्द भएको अवस्थामा भेटे पछि  यस बिषयमा यथार्थ बुझ्न  मन्त्रालयका कर्मचारीले ललितपुर प्रहरीलाई खबर गरेका थिए।  प्रहरीले  काठमाडौँ स्थित  भिसा वितरक सस्था भीएचएफ गोलोवलको  अफिस पुगेर मुचुल्का उतारेको थियो। शुरुमा मुचुल्कामा हस्ताक्षर गर्न  नमानेका भीएचएफका  कर्मचारीलाई  प्रहरीले कानुनी दयारामा ल्याउने चेतावनी दिएपछि गल्ति स्वीकार गर्दै  हस्ताक्षर  गरि आइतवार सम्म पुन: अर्को  भिसा इसु गर्ने बचन दिएका थिए।

मन्त्रालय स्रोतका अनुसार मन्त्री अधिकारी बाहेक अन्य कर्मचारीले   बिहिवार नै  भिसा हात पारेका थिए। मन्त्रीको भिसा नआए पछि मन्त्रालयका कर्मचारी बिहानैदेखि भीएचएफको कार्यालयमा भिसा कुरेर बसेका थिए। नोभेम्वर १ मा जारि गरिएको अधिकारीको भिसा किन रातोमसीले क्रस गरिएको हो भन्ने अझै प्रष्ट हुन सकेको छैन। मन्त्री अधिकारीको सचिवालयले भिसा च्यातीएको र रातो मसीले क्रस गरेको पाइएको बताएको छ।

नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरणले  मन्त्री अधिकारीको भ्रमण अझै स्थगित नभएको र सोमवारसम्ममा उनको उपस्थिती हुन सक्ने नागरिक न्युजलाई बताए।

मन्त्री अधिकारी सहभागी हुने पर्यटन मेलामा नेपालका ३१ पर्यटन व्यवसायी समेतले उपस्थिती जनाउने छन्। यस्तै नेपाली दूतावास लण्डनले १० नोभेम्वरमा अधिकारीको उपस्थितीमा दूतावासमा एक कार्यक्रम आयोजना गर्ने तयारी पनि गरेको छ।

प्रकाशित: १७ कार्तिक २०७५ ०६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App