२९ असार २०७७ सोमबार
समाज

बलात्कार गरी गर्भवती बनाएको आरोपमा पक्राउ

भद्रपुर – गौरीगञ्ज गाउँपालिका–६ झापाका ५० वर्षीय चैतु ताजपुरिया एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। सोही गाउँपालिकाकी १७ वर्षीया आफ्नै नाताकी युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा उनी शुक्रबार पक्राउ परेको प्रहरीले जनाएको छ।

पीडित युवतीका बुबाले प्रहरीलाई दिएको उजुरीका आधारमा ताजपुरियालाई पक्राउ गरिएको गौरीगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए। उनी पाँच महीनाकी गर्भवती भएको बताइएको छ। युवतीको स्वास्थ्य परीक्षणका लागि आजै मेची अञ्चल अस्पताल पठाइने प्रहरी प्रमुख पौडेलले बताए।

अभियुक्तलाई सोही कार्यालयमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। झापामा चालु आर्थिक वर्षको चार महीनामा मात्र आधा दर्जन बलात्कारका घटना भएका छन्।  (रासस)

प्रकाशित: १७ कार्तिक २०७५ १०:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App