८ वैशाख २०८१ शनिबार
समाज

निर्मला पन्तका हत्यारा पहिचान माग गर्दै प्रदर्शन

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्या घटना भएको १सय दिनसम्म पनि अपराधमा संलग्नलाई कारबाही गर्न नसकेको भन्दै  नयाँ शक्ति नेपाल निकट महिला शक्ति महासंघले राजधानीको माइतिघर मण्डलामा प्रदर्शन गरेको छ।

महासंघले बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नको शीघ्र पहिचान गरी कानूनी कारवाहीको माग गर्दै आज अपरान्ह प्रदर्शन गरेको हो। प्रदर्शनमा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईसमेत सहभागी थिए। प्रदर्शनमा सरकार र प्रहरीलाई अपराध अनुसन्धानमा असक्षम रहेको भन्दै आलोचना गरिएको थियो। 

बालिका निर्मलाको बलात्कारपछि हत्या भएको एक सय दिन पुगिसक्दा पनि अपराधी पत्ता लगाउन सरकारले केही काम नगरेकोले दवावका लागि प्रदर्शन गर्न गरिएकोे नयाँ शक्ति पार्टीकी हेडक्वार्टर सदस्य हिसिला यमीले बताइन्। उनले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न वास्तविक अपराधीहरुको पहिचान र कारवाही नभएसम्म नयाँ शक्तिले दवाव आन्दोलनलाई जारी राख्ने पनि बताइन्।

आजै पाटनको कृष्णमन्दिर परिसरमा पनि पन्त हत्याको विरोध र सरकारलाई दवाव दिन दीप प्रज्वलन गरिएको थियो। बानेश्वर क्षेत्रमा पनि दिउसो प्रदर्शन भएको थियो।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App