८ वैशाख २०८१ शनिबार
समाज

महिलाको बलात्कार पछि हत्या, एक पक्राउ

रुकुम– सल्यानमा प्रहरीले महिलाको हत्या आरोपमा एक युवालाई पक्राउ गरेको छ। गत असोज २५ गते राती मृत अवस्थामा फेला परेकी शारदा नगरपालिका–८ सिमखर्ककी ५० वर्षीया केवली नेपालीको हत्या आरोपमा सोहि गाउँका १९ वर्षीय बच्छु भनिने बिरबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। 

केहि दिनअघि मात्र भारतबाट फर्केकी केवलीको घरमै हत्या भएको थियो। उक्त घटनाको अनुसन्धानको लागि प्रहरीले बाँकेको कोहोलपुरबाट तालिम प्राप्त कुकुर समेत ल्याएको थियो। महिलालाई बस्नेतले डोरीले घाटी च्यापी चक्कुले रेटेर हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बीरेन्द्रबहादुर शाहीले जानकारी दिए। 

पैसा चोर्नको लागि उनि केवलीको घरमा गएको र त्यहाँ उनलाई घाँटी समाई पैसा माग्दा पैसा रामबहादुर ओलीको घरमा राख्न दिएकी छु भोलि दिउँला भनेपछि संगै सुतेको अनुसन्धानको क्रममा खुलेको उनले बताए। संगै मदिरा सेवन गरेर सुतेको बेला यौनसम्पर्क समेत गरेर त्यहि क्रममा विवाद हुँदा बस्नेतले महिलाको हत्या गरेको स्वीकार गरेको डिएसपी शाहीको भनाई छ। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर थप अनुसन्धान गरिरहेको बताएको छ।

प्रकाशित: १५ कार्तिक २०७५ १४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App