१५ चैत्र २०८० बिहीबार
समाज

सुकुम्बासीद्वारा रातारात जग्गा कब्जा गरी १४६ टहरा निर्माण

टीकापुर – भूमिहिन सुकुम्बासीका नाममा गएराति टीकापुर नगरपालिका–९ खक्रौलास्थित गोविन्द प्रसाद श्रेष्ठको जग्गा कब्जा गरिएको छ।

उनको करिब साढे ६ विगाह जग्गामा १४६ घरटहरा निर्माण गरिएका छन्। उनीहरु पहाडी जिल्ला सुर्खेत, अछाम, दैलेख र बाजुराबाट आएको बताइएको छ। उनीहरु मध्ये ४५ परिवार टीकापुर नगरपालिका १ मा रहेको सुकुम्बासी बस्तीबाट आएका बताइएको छ। उनीहरुले आफूहरुले ऐलानी जग्गामा घरटहरा निर्माण गरेको दावी गरेका छन्।

उनीहरुले कुनै राजनीतिक दलको उक्साहटमा भन्दा पनि स्वस्फूर्त रुपमा घरटहरा निर्माण गरेको बताए। जयसु सार्कीको नेतृत्वमा जग्गा कब्जा गरिएको बताइएको छ।

श्रेष्ठको जग्गा द्वन्द्वकालमा लामो समय माओवादीले समेत कब्जा गरेको थियो। माओवादी सत्तामा पुगेपछि श्रेष्ठको जग्गा फिर्ता गरिएको थियो।

प्रकाशित: १५ कार्तिक २०७५ ०२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App