coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सम्पत्तिको लोभमा कुर्मीको हत्या : प्रहरी

बारा- कलैया उपमहानगरपालिका वडा नम्बर २३ कोइरिया टोलका ६५ वर्षिय नन्दलाल राउत कुर्मीको हत्या सम्पत्ति र व्यक्तिगत रिसिवीको कारण भएको बारा प्रहरीले जनाएको छ।

कार्तिक १० गते गोठमा सुतिरहेको अवस्थामा कुर्मीको धारिलो हतियार प्रहार गरि हत्या भएको थियो। हत्या गरिएको कुर्मीको सम्पत्ति लिने उदेश्यले पहिलादेखि नजिक रहेका वीरेन्द्र प्रसाद जैसवारले सुनर दासको सहयोगमा हत्या गरेको र दुबै जनालाई विशाल पटेल र बैजनाथ कुर्मीले सघाएको पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।

कुर्मीको हत्या गरिएको आरोपमा चारै जनालाई पक्राउ गरेर जिल्ला अदातलबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको उपरीक्षक भट्टराईले बताए।

कुर्मीको जग्गा र सम्पत्ति खाने छोरा र भतिजाहरु समेत नभएको अवस्थामा उनीहरूले सम्पत्ति हात पर्नको लागि हत्याको योजन बनाएको भट्टराईले बताए।

पटेलले छोरा विशाल पटेलको बिहे मृत्यक कुर्मीको नातिनीसँग गर्न चाहेको तर हत्या गरिएका कुर्मीले बिहे गर्न नमानेको अवस्थामा वीरेन्द्रले आवेसमा आएर उनको हत्या गरेको प्ररम्भीक अनुसन्धानबाट खुलेको भट्टराईले पत्रकार सम्मेलनमा बताए।

धेरै सम्पत्ति भएको तर मृतक कुर्मीको परिवारमा तीन जना नातिनी मात्र भएको अवस्थामा वीरेन्द्रले आफ्नो छोरोको बिहे गर्दा गाउँमै रहेको छोराको ससुराको सम्पत्ति पाउने लोभ पहिलादेखि नै गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।

प्रकाशित: १३ कार्तिक २०७५ १२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App