८ वैशाख २०८१ शनिबार
समाज

हत्याका आरोपमा चार पक्राउ

सप्तरी- राजविराज नगरपालिलका–६ की ४५ वर्षीया एकल महिला आशादेवी देवको हत्या आरोपमा सप्तरी प्रहरीले चार जनालाई पक्राउ गरेको छ। हत्या आरोपमा सोही ठाउँकी ३५ वर्षीया मुन्नीदेवी साह, ३० वर्षीया चनरदेवी मेहतर, ३२ वर्षीय शङ्कर राउत मेहतर र २६ वर्षीय सुरज मेहतरलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक राजेन्द्र विष्टले व्यावसायिक रिसइवीका कारण देवलाई निजकै कोठामा इँटाले टाउकामा प्रहार गरी हत्या गरेको अनुसन्धानमा देखिएको बताए। जिल्ला प्रहरी कार्यालयले आरोपितहरुविरुद्ध आइतबार कर्तव्यज्यानको उजुरी दर्ता गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय र कार्यालय प्रमुखको निवाससँग जोडिएकै घरमा एक्लै बस्दै आएकी देवको घरको पूर्व सामुन्ने प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकको निवास रहेको छ। रक्ताम्य लास दशैँको टीकाका दिन बिहान देवकै ओछ्यानमा फेला परेको थियो।

मृतकको टाउकामा ६ इञ्च लम्बाइ र चार इञ्च चौडाइ गहिरो खत रहेको र रगत लागेको इँटा प्रहरीले बरामद गरेको जनाएको छ। बलात्कारपछि हत्या भएको आशङ्कामा फोरेन्सिक परीक्षणका लागि लासको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शवपरीक्षण भएको छ। रासस

प्रकाशित: १२ कार्तिक २०७५ १३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App