७ वैशाख २०८१ शुक्रबार
समाज

पेस्तोल सहित तीन भारतीय पक्राउ

काठमाडौं– पर्साको वीरगञ्ज महानगरपालिका १६ स्थित भन्सार मूलगेटबाट सशस्त्र प्रहरीले शुक्रवार साँझ एउटा पेस्तोल, सोको म्याग्जिन २ वटा र ८ वटा गोलीसहित तीन जनालाई पक्राउ गरेको छ। 

सशस्त्र प्रहरी बल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्म (भन्सार) वीरगंजबाट सशस्त्र प्रहरी नायव निरीक्षक अम्बिरनाथ न्यौपानेको कमाण्डमा खटिएको टोलीले भारतीय नम्बर बीआर ०५ पीए ६१७७ को स्कारपियो गाडीमा जाँच गर्ने क्रममा उक्त पेस्तोल तथा गोली फेला परेको हो। 

भारतको रामगढवा बिहार घर बताउने २७ वर्षिय अवद बिहारी प्रसादको साथमा उक्त पेस्तोल तथा गोली फेला परेपछि त्यसै गाडीमा सवार सोही ठाउँ घर बताउने उमेशप्रसाद गुप्ता र उक्त गाडीका चालक ओमप्रकाश पासवान गरी तीनै जनालाई पक्राउ गरिएको हो। 

भारतको रामगढवा बिहारमा मोटरसाइकलको सोरुम रहेको बताउने निज अवद बिहारी प्रसादले आफूहरु वीरगंज घुम्न आएको बताएका छन्। पक्राउ परेका तीनै जनालाई उक्त पेस्तोल, म्याग्जिन र गोली तथा गाडीसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको सशस्त्रका डिएसपी अजय छतकुलीले बताए।

 

प्रकाशित: ९ कार्तिक २०७५ १५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App