१६ चैत्र २०८० शुक्रबार
समाज

जेष्ठ नागरिकलार्इ घरमै भत्ता

संखुवासभा– खाँदबारी नगरपालिकाका जनप्रतिनिधिले जेष्ठ नागरिकको भत्ता घर घरमा पुगेर वितरण गरेका छन्। नगर कार्यपालिकाले ८० वर्ष माथिका जेष्ठ नागरिकलाई दशैं, तिहार खर्च भन्दै प्रतिव्यक्ति २ हजारका दरले दिने निर्णय गरेको थियो। 

अहिले जनप्रतिनिधिहरु जेष्ठ नागरिकको भत्ता लिएर घरघर पुगेका छन्। कार्यपालिकाको निर्णय अनुसार आफूहरुले घर घरमा पुगेर भत्ता वितरण गरेको वडा ५ का कार्यवाहक अध्यक्ष श्यामप्रसाद निरौलाले जानकारी दिए।

वडा नम्बर ५ मा ८० वर्ष माथिका ३२ जना जेष्ठ नागरिकहरु छन्। उनले भने, ‘यो वर्ष मात्र होइन, हाम्रो पाँच वर्षे कार्यकालमा उनीहरुलाई दिइने दशैं, तिहार खर्च लगातार संञ्चालन गरिराख्ने छौं। घरैमा पुगेर भत्ता वितरण गर्दा बृद्धबृद्धा खुशी भएका छन्।’ 

पहिलो पटक यसरी घरैमा भत्ता पाउँदा ललिबहादुर दर्जीले खुशी व्यक्त गरे। उनले भने, ‘हामी जस्तो विपन्न परिवारको चाडवाडमा सरकारले थोरै भएपनि राहत महशुस गराएको छ। सोही वडाकी नैनाकला गुरुङले भनिन्, ‘हामीले जिताएर पठाएका प्रतिनिधि घरैमा आएर भत्ता हातमा थमाइदिदा खुशी छु। ८२ वर्षिया गुरुङले वर्षै पिच्छे यसरी नै घरैमा भत्ता लिएर आउन कार्यवाहक अध्यक्ष श्यामप्रसाद निरौलालाई आग्रह समेत गरिन्।  

खाँदबारी नगरपालिकाले पहिलो पटक घर–घरमा गएर जेष्ठ नागरिक भत्ता वितरण सुरु गरेको नगरपालिका कार्यालयले जनाएको छ। नगरका ११ ओटै वडाका ज्येष्ठ नागरिकलाई वडाअध्यक्ष मार्फत् वितरण भइरहेको नगरपालिकाले जनाएको छ। हालसम्म ४ सय ३१ जना जेष्ठ नागरिकलाई दशै, तिहार खर्च वितरण गरिसकेको नगरपालिकाका नायक सुब्बा कमल कार्कीले जानकारी दिए। उनले अहिले पनि भत्ता वितरण भइरहेकाले दुई चार दिन भित्रमा सबै वडाको तथ्यांक आइसक्ने बताए। 

प्रकाशित: ९ कार्तिक २०७५ १३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App