१५ चैत्र २०८० बिहीबार
समाज

सवारी दर्ताको नयाँ प्रणाली सार्वजनिक,  बागमतीकाे माेटरसाइकल दर्ता सूचारू हुने

काठमाडौ–यातायात व्यवस्था विभागले सवारी साधनको दर्ताको नयाँ प्रणाली कार्यान्वयनमा ल्याएको छ। विभागले गरेको व्यवस्थाअनुसार अव सवारी दर्ता प्रदेशस्तरमा हुने र सोही अनुरुप नयाँ नम्बर दिइने भएको छ।

विभागले आज नेपाल राजपत्रमा सूचना प्रकासित गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो। 
बागमति अञ्चलमा पुरानो प्रणालीअनुसार मोटरसाईकल दर्ता गर्न नसक्ने अवस्था आएपछि नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको हो। 

यस्ताे हुनेछ नम्बर प्लेट

नयाँ व्यवस्थाअनुसार प्रत्येक सवारीसाधन प्रदेशको नंबरका आधारमा दर्ता हुनेछ। प्रकाशित सूचनाअनुसार नयाँ नम्बर प्लेटमा पहिले प्रदेश संकेतस्वरुप प्रदेशको नं. उल्लेख हुनेछ। त्यसपछि उक्त प्रदेशको यातायात कार्यालयको संकेत नंबर राखिनेछ।  दोस्रो लाईनमा ३ अंकसम्मको लट नंबर रहनेछ। त्यसपछि सवारी साधनको समूह सूचक अक्षर राखिनेछ र सोही लाईनमा सवारी साधनको नम्बर उल्लेख हुनेछ। सवारी साधनको पछाडि राखिने नंबर प्लेटमा भने सवारी साधनको नम्बर तेस्रो लाईनमा छुट्टै राख्नुपर्नेछ।

यसअघि अञ्चलस्तरमा राखिएको दर्ता प्रणालीलाई अहिले प्रदेशस्तरमा राखिएको छ। त्यस्तै यस अघि दुर्इ अंकको लट राख्ने गरिएकामा तीन अंकसम्म लट नम्बर राख्ने व्यवस्था गरिएको छ। सवारी साधनको नंबर भने यथावत ४ अंकसम्मकै हुनेछ।

विभागको यो व्यवस्थाले नम्बर प्लेटमा प्रदेशको नामांकनले भने समस्या पर्ने देखिएको छ। अहिले सातमध्ये ३ प्रदेशले नामाकंन गरिसकेको छन् भने ४वटा प्रदेशको बाँकी नै छ। विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार प्रदेशको नामांकन नहुँदासम्म प्रदेशको नम्बर उल्लेख हुनेछ भने नामांकन पश्चात सोही प्रदेशको पुरा नामनै नम्बर प्लेटमा उल्लेख गर्नुपर्ने छ। 

यस्ताे छ सूचना

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App