coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चक्रबहादुरको दशैं बन्यो दशाः घर जल्यो, छोरा घाइते

संखुवासभा– सभापोखरी गाउँपालिका २ धुपूका चक्र बहादुर भट्टराई विगत वर्षझैं दशैं मनाउने तयारीमा थिए। तर उनको दशैं उस्तै नबनेर दशामा परिणत भयो। सोमबार जिल्ला अस्पताल खाँदबारीको शैयामा घाइते छोराको साथमा आएका भट्टराईको अष्टमीका दिन घरसंगै सारा सम्पति जल्यो। 

स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारका लागि ५ वर्षिय छोरा विशाल लिएर चक्र बहादुर जिल्ला अस्पताल आएका हुन्। डेढ वर्षीया बहिनीलाई आगोबाट बाहिर निकाल्ने क्रममा बिशालको दुवै खुट्टामा आगोले क्षति पु¥याएको थियो। 

चक्र बहादुरले भने, नलाग्नु दशा लाग्यो, धन सम्पत्ति पनि जले, छोराछोरी कुसलै पाएकोमा खुशी पनि छु। आगलागी कसरी भयो कसैलाई थाहा भएन, घरमा दुई छोरा र एक छोरी थिए। आफू दशैं लिन गाउँतिर, श्रीमती घाँस काट्न गएका थिए। घर आइपुग्दा सिंगो घर नै भुंग्रो अगेनो लाग्यो।

अहिले दाजुकोमा शरण लिएका छौं। छोरो छिट्टै ठिक होला, उनले आशा व्यक्त गरे। आगलागी भएकै दिन छरछिमेकबाट ७ हजार रकम सहयोग उपलब्ध भएको उनले बताए। यो रकमले नानीहरुलाई कपडा फेर्न मात्र पुग्यो। दोस्रो पटक ७ हजार रुपैंया जुटेको सहयोगले आजसम्म पुग्यो, अब छोराको उपचारमा रकम अभाव होला भन्ने चिन्ता थपिएको छ, उनले दुखेसो पोखे। 

भट्टराईको घरसंगै सारा सम्पति जलेपछि उनको परिवार विचल्लीमा परेको छ। विभिन्न संघ संस्था र दाताहरुको सहयोग अपेक्षामा छु उनले भने।

प्रकाशित: ६ कार्तिक २०७५ ०५:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App