१५ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

सामाजिक रुपान्तरणका लागि धामी झाँक्रीलाई अध्ययन भ्रमण

बाजुरा– सांस्कृतिक सचेतना र सामाजिक रुपान्तरणको अपेक्षासहित गौमुल गाउँपालिकाले धामी झाँक्री र पुजारीका लागि साँस्कृतिक भ्रमण तय गरेको छ।

पुरानो चिन्तन र परम्परामा विश्वास गर्ने र कतिपय अन्धविश्वासलाई निरन्तरता दिने स्थानीय धामी झाँक्रीमा धार्मिक ज्ञान बढाउने, रुढीवादी चिन्तनलाई सकारात्मक सचेतनाले विस्थापित गर्नेलगायतका साँस्कृतिक सचेतना विस्तार गर्न अध्ययन भम्रण तय गरेको गाउपालिका अध्यक्ष हरिबहादुर रोकायले जानकारी दिए।

धर्म र सँस्कृतिका नाममा पुरानो चिन्तन बोकेका धार्मिक आस्थाका अनुयायीहरुमा मानसिक रुपमै सकारात्मक सोचको विकास गराउन र सँस्कृतिको विकास बारे जानकारी दिन भ्रमण गराउन लागिएको हो। साँस्कृतिक भ्रमण गाउँपालिकाले बार्षिक कार्यक्रममै राखेको छ ।

भ्रमणका क्रममा देशका मूख्य धार्मिक तथा साँस्कृतिक क्षेत्रको अध्ययन अवलोकन गराउने र मनोक्रान्ति अभियन्ता योगी विकासानन्दको प्रवचनमा सामेल गराउने कार्यक्रम तय गरिएको छ। धामीझाँक्रीहरुलाई पशुपतिनाथ, लम्बीनी, बौद्ध, स्वयम्भूलगायतका क्षेत्रमा पुर्याइनेछ।

धर्म र सँस्कृतिका नाममा पुरानो चिन्तन बोकेका धार्मिक आस्थाका अनुयायीहरुमा मानसिक रुपमै सकारात्मक सोचको विकास गराउन र सँस्कृतिको विकास बारे जानकारी दिन भ्रमण गराउन लागिएको हो। साँस्कृतिक भ्रमण गाउँपालिकाले बार्षिक कार्यक्रममै राखेको छ ।

साँस्कृतिक भ्रमण कात्र्तिक ४ देखि १४ गतेसम्म १० दिनको हुने उपाध्यक्ष सिता थापाले बताईन्। टोली थापाकै नेतृत्वमा छ। ६ वटा वडाका २÷२ जना धामी झाँक्री सहभागी छन्, भने एक÷एक जना जनप्रतिनिधि र कर्मचारीसमित २२ जना भ्रमणमा सहभागी छन् ।  

‘धामी, झाँक्री, पुजारी हाम्रा समाजका एक खाले नेतृत्व हुन्। तर उनीहरुमा रहेका कतिपय पुराना चिन्तन र सोचले समाज विकासमा अवरोध पुगेको हामीले महशुस गरेका छौ,’ अध्यक्ष रोकायाले भने, ‘भ्रमण तथा प्रवचनले उनीहरुको सोचमा परिवर्तन ल्याउने र समाजमा प्रगति ल्याउन सहज हुने अपेक्षा हो।’

विकासका लागि समाजमा रहेको छाउ प्रथा, बाल विवाह, छुवाछुत, बहुविवाह, धार्मिक तथा साँस्कृतिक अन्धविश्वासलाई अन्त्य गर्नु पहिलो चुनौति भएकोले त्यसका लागि अवलोकन भ्रमणले सकारात्मक उपलब्धी हासिल हुने विश्वास गाउँपालिकाको छ । बाजुराका गाउँमा जातीय विभेद, बाल विवाह, छाउ प्रथा, महिला हिंसा व्याप्त छ।

भ्रमण टोलीका सदस्य एवं धामी गोइचे रोकायाले समयअनुसारका परिवर्तनलाई ग्रहण गर्न र विकसीत हुँदै गएको धर्म सँस्कृतिबारे ज्ञान पाउँदा आफूलाई पनि बदलिन सजिलो हुने बताए। 

अज्ञानता र अशिक्षाका कारण खराव मान्यताका अनुयायी बनेका व्यक्तिहरुलाई लक्षित गरिएको साँस्कृतिक भ्रमणले सकारात्मक सोचाइ निर्माणमा सहयोग पुग्ने सामाजिक अभियन्ता लालबहादुर ओली बताए।  

 

प्रकाशित: ५ कार्तिक २०७५ १२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App