१९ असार २०७७ शुक्रबार
समाज

बारामा दुई छोराको हत्या पछि बाबुले गरे आत्महत्या

कलैया- बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ को औराहका ३५ वर्षे सुरेन्द्र रामले आज बिहान आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन्। 

रामले आफ्ना पाँच वर्षीय छोरा सुबिन राम र तीन वर्षीय विपिन रामको हत्या गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेको प्रहरीको अनुमान छ। तीनैजनाको शव परीक्षणका लागि वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पताल लगिएको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभाष हमालले बताए। मानसिक तनावका कारण रामले यस्तो गरेको हुन सक्ने प्ररम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए। रासस

प्रकाशित: ४ कार्तिक २०७५ १४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App