२५ असार २०७७ बिहीबार
समाज

चाडपर्वको मानवशास्त्रीय पाटो

डा. डिल्लीराम दाहाल
प्राध्यापक त्रिभुवन विश्वविद्यालय

हरेक राष्ट्रमा कुनै न कुनै संस्कृतिहरु रहेका हुन्छन् । हाम्रो दक्षिण एसिया त चाडपर्व र संस्कृतिमा धनी छ । संस्कृति यसै बनेको हुँदैन । संस्कृतिको धार्मिक मूल्यमान्यताको ठूलो महत्व त रहेकै हुन्छ नै यसको सामाजिक, मानवशास्त्रीय, तथा वैज्ञानिक पाटो पनि रहेको हुन्छ।

यहाँ विभिन्न जाति गरी १२५ जातजाति छन् । भाषा धर्म संस्कारमा हाम्रो देश निकै समृद्ध छ । चालचलन मूल्यमान्यतामा केही कमीकमजोरी रहे पनि यसको मानवशास्त्रीय र वैज्ञानिक पाटो निकै सुन्दर रहेको छ । सबै जातजातिको चाडपर्वमा मनोरञ्जन गर्ने, मिठोमिठो खानेकुरा खाने, राम्रो–राम्रो लगाउने कुरामै केन्द्रित भएको पाइन्छ।

मौसमअनुसारका चाडपर्व
नेपाली चाडपर्वहरु निकै नै वैज्ञानकि तरिकाले बनाइएका छन् । हरेक महिना जसो चाडपर्व पर्ने गर्छ । जसमा मौसमअनुसार के खाने के लगाउने कसो गर्ने भन्ने कुरामा आधारित छन् । जस्तै दुईवटा को तुलना गरौँ । चैते मा आधा खाने, आधा व्रत बस्ने, हेभी खाने कुरा केही नखाने प्रकारको चाड हो । तर असोजमा पर्ने दसैैंमा माछा मासु लगायतका हेभी खाने कुरा खाने गरिन्छ । यसमा वैज्ञानिक पाटो छ । चैतमा गर्मी हुन्छ । हेभी खानेकुराले बिरामी बनाउँछ तर असोज महिनामा न जाडो न गर्मी जसले खाएका खानेकुरा राम्ररी पच्छ।

यसर्थ भन्न खोजेको कुरा के भने हरेक चाडपर्वमा खानेकुरा मौसमअनुसार छन् । जनैपूर्णिमामा खाइने क्वाँटी कै कुरा गरौँ । त्यतिबेला कृषि युग थियो खेतिपाती लगाएपछि मान्छेको शरीर गल्छ । मानिसलाई प्रोटिन र कार्बाेहाइड्रेड पूरा गर्नका निम्ति धेरै प्रकारका गेडागुडी खाइन्छ । त्यस्तै माघे संक्रान्तिमा पनि तिलको लड्डु खाने चलन छ । तिलको लड्डुले चिसो भगाउँछ भन्ने भनाइ छ,  तिलको लड्डु खानु स्वास्थ्यका लागि निकै राम्रो हो।

प्रकृतिसँग जोड्ने चाडपर्वहरु
हरेक जातजातिको संस्कारलाई मिहिन ढंगले केलाउने काम गरियो भने के पत्ता लगाउन सकिन्छ भने सबैको संस्कारमा बोटबिरुवालाई पुज्ने जनावरलाई पुज्ने गरिन्छ । संस्कारअनुसार पुजेका कुरालाई सम्मान गर्नुपर्ने हुन्छ । बोटबिरुवालाई पुजेपछि संरक्षण हुने भयो अनि जनावरलाई नै पुजेपछि इको सिस्टम मिल्ने भयो, यसरी वैज्ञानिक तरिकाले चाडपर्वहरु निर्माण गरेको पाइन्छ।

सनातन संस्कारमा पीपलको बोट, तुलसी त्यस्तै जनावरमा कुकुर, गाई, चरामा काग र सर्प नाग आदिको पूजा गरेको पाइन्छ । यो पूजा गर्नुको अर्थ हेरौं सबैभन्दा धेरै अक्सिजन दिने पीपल, तुलसीबाट धेरै रोगको औषधि बनाइन्छ, कुकुर असली पहरेदार, गाई दूध दिने तथा अन्य कुरामा काम लाग्ने अनि सर्प जसले वायुमण्डललाई स्वस्थ राख्ने काम गर्छ । यसरी सबैलाई समान तरिकाले पुजेर प्रकृतिसँगको सम्बन्धलाई नजिक लैजाने काम हाम्रा चाडपर्वले गरेको छ । प्रकृति र हामीमा केही फरक हैन है भन्ने सन्देश यसले दिने काम गरेको छ।

शान्ति चाहनेको बाहुल्यता
मानवीय गुण नै शान्ति खोज्ने तर शान्तिका लागि हिंसा गर्न पनि पछि नपर्ने सावित भएको छ । अरूभन्दा पृथक देखिनुपर्ने विशेष प्रकारको मान्छे देखिनुपर्ने स्वभाव भएको प्राणी हो । जनैपूर्णिमामा जनै लगाउने सिस्टम पनि अरूभन्दा पृथक देखिनकै लागि लगाइएको हो । मलाई के लाग्छ भने त्यति बेलादेखि नै सम्भवतः महिलालाई हेला गर्ने सिस्टमको विकास भएको हुनुपर्छ।

नेपालमा धेरै हिन्दू भए पनि बुद्धलाई झन् बढी मान्ने पनि छन् । बुद्धलाई शान्तिको प्रतीक मानेर सबैले पुज्ने गर्छन् । गौतम बुद्धलाई सिम्बोल अफ पिसको रुपमा मान्ने गरिन्छ, हिजोदेखि आजसम्म उत्तिकै प्रचलन छ । गौतम बुद्धले अन्तरआत्मालाई शान्ति राख्ने मानव जीवनलाई सुन्दर रुपमा व्याख्या गर्ने काम गरेका छन् । शान्ति अरुमा हैन आफूमा खोज्नुपर्ने प्रमुख ज्ञान बुद्धले दिएको पाइन्छ।

मन्दिर गएर महिलाले नै पूजा गर्ने प्रचलन किन बढी ?
हाम्रो समाज पितृसत्तात्मक थियो र अझै पनि छ । परापूर्वकालदेखि नै महिलालाई घरभित्र सीमित राखिएकै हो । तर हाम्रा केही यस्ता पर्व छन् । जहाँ महिला मन्दिर गएर पूजा गर्ने चलन छ।

महिला नै मन्दिर गएर पूजा गर्ने चलन पनि महिलाको स्वतन्त्रताका लागि हो । कम्तीमा पूजा गर्ने निहुँमा घरबाट बाहिर निस्कने बहाना त हुन्छ । यसरी घरबाट बाहिर निस्किएर केही बेर भए पनि साथीसंगीसँग भेटघाट गर्ने रमाइलो गर्ने चलन आएको हो।

तीजमा महिलाले असल पति पाउनका निम्ति व्रत बस्ने गर्छन् । मलाई के लाग्छ भने यो पर्व कृषि युगतिर आएको हो । जति बेला शारीरिक बलको प्रयोग गरेर आयआर्जन गर्ने चलन थियो । महिलाको चाहना बढी कमाएर ल्याउन सक्ने, सुरक्षा प्रदान गर्न सक्ने, शिवजी जस्तै विर्यवान् धेरै सन्तान उत्पादन गर्न सक्ने प्रचलनको विकास भयो भने पुरुषमा राम्री आफूले भनेको मान्ने घरबाट बाहिर ननस्किने महिलाको चाहना बढ्न थाल्यो यसरी हेर्दा के देखिन्छ भने कृषि युगमा भएको विभेद आजको युगसम्म पनि महिला भोग्न बाध्य छन्।

ऋणै काढेर भए पनि रमाइलो गर्ने प्रचलन किन ?
यदाकदा सुनिने कुरा के हो भने नेपाली चाडपर्वहरु खर्चिला भए । गरिबगुरुवाले मनाउनै नसकिने भए । यसलाई म अलि फरक तरिकाले व्याख्या गर्छु । किनभने रमाइलो गर्न गरिब धनी सबैलाई मन पर्छ । हरेक धर्मको आफ्नै मनोवैज्ञानिक पाटो छ ऋण काढेर भए पनि परिवारसँग भेट हुने, रमाइलो गरी सम्बन्ध बढाऔ भनेर मानोरञ्जन पहिलो र ऋणलाई सेकेण्डरी कुरा मानेको हो हाम्रो परम्पराले । हाम्रो समाजमा उखान पनि छ ‘ऋण लागोस् दीन नलागोस्’ । किनभने आफू स्वस्थ भएपछि पैसा भन्ने कुरा कमाइँदै जाने कुरा हुन् । चाडपर्व मान्दा रिचार्ज हुने गर्छाैँ । हामीमा ऊर्जा थपिने गर्छ।

डेटिङ जाने बहाना
प्रायः चाडपर्वहरु मानवीय चाहनासँग प्रत्यक्ष जोडिएका छन् । हरेक जातजातिका चाडपर्वहरु उमेर पुगेका युवायुवतीहरुको प्रत्यक्ष सम्बन्ध जोडिने गरी बनाइएका छन् । मा लिंगे पिङ खेल्ने प्रचलन पनि केटाकेटी एक अर्कासँग बोलून्, एक अर्कासँग नजिकिऊन् भन्ने बहाना न हो । त्यस्तै कसैको रोधी घर बस्ने तथा विभिन्न चालचलनहरु रहेका छन् जसले मानवीय चाहनाको कदर गरेको पाइन्छ।

सम्बन्ध बढाउने माध्यम
मानवीय स्वभाव नै समूहमा बस्न रुचाउने, समूहमै पृथकताको पहिचान बनाउन चाहने प्राणी हो । हाम्रा चाडपर्वले रगतको नाता एउटै भएका ४–५ पुस्ता सम्मलाई आउजाउ गर्ने माध्यम बनाइदिएको छ । मा आफूभन्दा ठूलाको हातबाट टीका लगाई आशीर्वाद ग्रहण गर्ने गरिन्छ । त्यस्तै तिहारमा दाजुभाइ दिदीबहिनीको भेटघाट गर्ने सुअवसर जुटाइएको हुन्छ।

मा दुर्गादेवीको पूजा गरिन्छ । दुर्गा शक्तिकी प्रतीक हुन् । मान्छेमा शक्तिलाई आराधना गरेर त्यो प्रकारको शक्ति प्राप्त गरौँ भन्ने धारणा रहेको पाइन्छ ।  नौ दिनसम्म मनाइन्छ त्यो भएर लाई नवरात्र पनि भनिन्छ । घटस्थापना पहिलो दिन हो । यस दिन प्रत्येक हिन्दूहरुको घर सफा गरी जमरा राखी  भित्र्याउने गरिन्छ । त्यस्तै सप्तमीलाई फूलपाती भनिन्छ यस दिन फूलपाति टिपी  भित्र्याइन्छ ।  को आठौं दिनलाई अष्टमी अर्थात् महाअष्टमी भनिन्छ।

यस दिन दुर्गादेवीलाई बोका, राँगा, हाँस, कुखुराको बलि चढाउने गरिन्छ । नवमीको दिन सवारी साधनको पूजा गर्ने चलन छ । अन्तिम दिन दशमी हो । यस दिनलाई  भनिन्छ । यस दिन आफूभन्दा ठूलाको हातबाट टीकाजमरा लगाई आशीर्वाद थापिन्छ । यस दिन नयाँ–नयाँ कपडा लगाई मिठामिठा खानेकुरा खाइन्छ । को टीका पूर्णिमासम्म लगाइन्छ।

मा किसानहरुलाई पनि केही फुर्सद भएको हुन्छ, त्यतिखेर खेतिपाती पनि लगाइसकिएको हुन्छ । मौसम पनि सफासुग्घर बनेको हुन्छ । त्यसमा सफा र नयाँनयाँ लुगा लगाई मिठामिठा खानेकुरा खाएर खुसीका साथी दशैं मनाइन्छ । मा ऋण काढेर भए पनि राम्रो लगाउने मिठो खाने गरिन्छ । वर्षायाममा खेतिपाती लगाउने धेरै काम गरेको हुन्छ, त्यसलाई सन्तुलनमा ल्याउनका लागि मिठामिठा र पौष्टिक खानेकुरा खाने गरिन्छ।

चाडपर्वहरुले हामीलाई धेरै मनोरञ्जन दिन्छ । चाडपर्वकै कारण आफन्तजनहरुसँग भेटघाट हुने सु–अवसर मिल्छ । एउटै आमा बाबाट जन्मेका सन्तानमा केही न केही क्रोमोजोम मिलेका हुन्छन् । जस्तै आमाबाट २३ वटा क्रोमोजोम र बाबुबाट २३ वटा क्रामोजोम सन्तानमा आएको हुन्छ । ती क्रोमोजोमहरु दिदीबहिनी दाजुभाइमा केही न केही मिलेको हुन्छ । क्रोमोजोमकै कारण आफन्तजनहरुबीच भेटघाट गरिरहन मन लाग्छ । त्यहीअनुसार पनि चाडपर्वहरु पनि बनाइएका हुन्।

खुसी र शान्तिको खोजीको पर्व
चाडपर्वको मनोवैज्ञानिक पाटो के देखियो भने मान्छे खुसी देखिन चाहने प्राणी भएकाले त्यहीअनुसार पर्वहरु बने । त्यही कल्पनाअनुसार कोही देवता शाकाहारी बनाइए कोही देवता मांशाहारी बनाइए । सबै चाडपर्वमा विशेष प्रकारका खानेकुरा खाने र केही चढाउने अनि अरु आफैँले खाने प्रचलनको विकास भयो । यसरी आ–आफ्नो नेचरअनुसार पर्व खोज्ने परम्पराको सुरुवात भएको मान्न सकिन्छ।

मान्छे खुसी हुन सक्नु सबैभन्दा ठूलो कुरा हो । खुसी पहिलो र अरू कुरा सेकेण्डरी कुरा हुन् । त्यसकारण हरेक चाडपर्वहरु मानवतासँग प्रत्यक्ष जोडिएका पर्वहरु हुन्।

क्षेत्रअनुसार फरक
हामीले बारम्बार भन्दै आइरहेका छौं । हाम्रो देश विविधताले भरिपूर्ण देश हो । यहाँ एउटै चाडपर्व पनि फरक–फरक तरिकाले मान्ने चलन छ ।  पनि कतै एकदिन मान्ने अनि घरको मुलीले टीका लगाइदिएपछि हुने हुन्छ तर काठमाडौैंतिर ठूला जति सबैले साना जति सबैलाई लगाइदिने आशीर्वाद दिने र ५ दिनसम्म मनाउने चलन छ । आजभोलि यो चलन देशैभरि फैलिँदै छ।

यसरी हेर्दा के देखिन्छ, हाम्रा चाडपर्वहरु मनोरञ्जन, खुसी आनन्द तथा सम्बन्धलाई अझै बढी सुमधुर बनाउने मानवतालाई झन् बढी पश्रय दिने वैज्ञानिक पर्वहरु रहेका छन्।

प्रकाशित: २ कार्तिक २०७५ ०६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App