coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खगोल ओलम्पियाडमा नेपाललाई सम्मान

काठमाडौं – श्रीलंकामा सम्पन्न २३ औैं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाड प्रतियोगितामा नेपालले विशेष सम्मान प्राप्त गरेको छ।

प्रतियोगितामा नेपालका तर्फबाट विशाल बरालले उत्कृष्ट नतिजा ल्याउँदै उक्त सम्मान पाएका हुन् । पाँचौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा बरालले छैटौं स्थान हासिल गरेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जनाए । ‘पाँचौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड’ को २०७५ साउन १८ देखि २५ गतेसम्म भएको अन्तिम चरणमा १३ विद्यार्थीको योग्यताक्रम सार्वजनिक गरिएको थियो।

छनोटमा परेका विद्यार्थीले दोस्रो चरणअन्तर्गत खगोलीय साधन बनाउने, प्रतिवेदन लेख्ने, कार्यपत्र बनाउनेलगायतका कार्य गरेका थिए । छनोट भएका प्रतियोगी असोज २० देखि २८ सम्म आयोजित अन्तर्राष्ट्रिय ओलम्पियाडमा सहभागी भएका हुन्।

त्यस्तै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड एक प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगिता हो । यस प्रतियोगितामा सामेल भई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सिफारिस गरिन्छ।

सन् २०१४ देखि सुरु भएको प्रतियोगितामा आठ सयभन्दा बढी विद्यार्थीले आफ्नो प्रतिभा परीक्षण गरिसकेका छन् । कार्यक्रमले उत्कृष्ट ठहर्याएका विद्यार्थी देश तथा विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनरत छन्।    (रासस)

प्रकाशित: ३० आश्विन २०७५ ०२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App