१५ चैत्र २०८० बिहीबार
समाज

बालिकालाई गर्भवती बनाएको अभियोगमा पक्राउ

भोजपुुर– जिल्ला प्रहरी कार्यालय भोजपुरले बालिकालाई करणी गरी गर्भवती बनाएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। 

प्रहरीले भोजपुर नगरपालिका १२ बाट १६ वर्षकी बालिकालाई बलात्कार गरेको अभियोगमा सोही स्थान २८ वर्षीय सुनिल श्रेष्ठलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गत २३ गते पक्राउ परेका श्रेष्ठविरुद्ध म्याद थप गरी  अनुसन्धान थालिएको छ।

प्रहरीका अनुसार बालिकाको पेटमा ५ महिनाको गर्भ छ। साथै करणी गर्ने युवक विवाहित रहेको अनुसन्धानमा खुलेको छ।

प्रकाशित: २९ आश्विन २०७५ १५:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App