८ वैशाख २०८१ शनिबार
समाज

केरुङ जान रसुवा बाहिरका नागरिकले एक दिने प्रवेशाज्ञा पाउने

रसुवा - चीनको केरुङ जानका लागि रसुवा बाहिरका नागरिकले एक दिने प्रवेशाज्ञा (वान डे पास) पाउने भएका छन्।रसुवाबासीलाई चीन सरकारले एक वर्षको पास उपलब्ध गराउँदै आएको छ। बाहिरी जिल्लाका नागरिकले एक दिने पास नपाउँदा व्यापारिक कारोबारमा समस्या भोग्दै आएका छन्। बुधबार चीनको केरुङमा भएको सीमा सुरक्षा बैठकमा चिनियाँ अधिकारीले एक दिने पासका लागि ट्रान्सपोर्टेसन एग्रिमेन्टको प्रक्रिया सुरु भएको जानकारी दिएका हुन्। यसले व्यापारमा सहजीकरण हुने रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। ‘लामो समयदेखि वान डे पासको विषयमा कुरा उठ्दै आएको छ, उनले भने, यस पटकको बैठकमा प्रक्रिया सुरु भएको जानकारी आएको छ।’

बैठकमा पाँचवटा विषयमा छलफल भएको छ। वान डे पास, चेलिवेटी बेचबिखन, अवैध सामग्री ओसारपसार नियन्त्रण, चीन सरकारले जिम्मा लिएको विद्यालय निर्माण र भाषागत क्षमताको विकास लगायतका विषयमा छलफल भएको प्रजिअ पौडेलले बताए। चीनको केरुङमा सञ्चालित होटल तथा बारमा जिल्लाका चेलिवेटीलाई यौन धन्दामा लगाइएको पाइएमा फिर्ता गर्ने चिनियाँ अधिकारीले जानकारी दिएका छन्। जिल्लाको २७ जना किशोरी केरुङमा कार्यरत छन्।

प्रकाशित: २४ आश्विन २०७५ १४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App