८ वैशाख २०८१ शनिबार
समाज

मुल्यवृद्धि नियन्त्रण गर्न माग

प्रजिअ सुरेन्द्रराज पौडेललाई ज्ञापनपत्र हस्तान्तरण गर्दै तरुण दलका अध्यक्ष भिषण राई । तस्बिरः नागरिक

खोटाङ – नेपाल तरुण दल खोटाङले दशैं र तिहारको समयमा भएको मूल्यवृद्धि र महंगी नियन्त्रणको माग गरेको छ। चाडबाडका समयमा उपभोग्य बस्तुमा भएको मुल्यवृद्धि र महंगीले सर्वसाधारण मारमा परेको भन्दै तरुण दलले सरकार समक्ष मुल्यवृद्धि नियन्त्रणको माग गरेको हो।

चाडपर्वको समयमा सर्वसाधारण जनतालाई राहत दिनुपर्नेमा उल्टै गैर–जिम्मेवार ढंगले मुल्यवृद्धि गरिएको भन्दै तरुण दलका जिल्ला अध्यक्ष भिषण राईले मंगलबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलमार्फत प्रधानमन्त्रीलाई ९ बुँदे ज्ञापनपत्र पठाएका छन्।

तरुण दलले दशैंको मुखमा गरिएको पेट्रोलियम पर्दाथको मुल्यवृद्धि फिर्ता लिन, कालो बजारी र तस्करीलाई नियन्त्रण गर्दै कारबाही गर्न, दशैं तिहारलाई मध्यनजर गर्दै ७५३ वटै स्थानीय तहमा उपभोग्य वस्तु उपलब्ध हुनेगरी सुफथ मुल्यका पसलको व्यवस्था मिलाउन, चाडपर्वमा शहरबाट गाउँ भित्रिने यात्रुका लागि पर्याप्त सवारी साधनको व्यवस्था मिलाउन, चाडपर्वका समयमा हुन सक्ने बिभिन्न घटनामा सतर्कता अपनाएर जनधनको सुरक्षा व्यवस्था मिलाउन माग गरेको छ।

यस्तै, गरिब तथा असाहय र बिपन्न नागरिकलाई राहतको घोषणा गर्न, अदालत र प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेप तत्काल बन्द गरी स्वतन्त्र न्यायलय र प्रेस स्वतन्त्रताको सम्मान गर्न तरुण दलले सरकार समक्ष माग राखेको छ।

यसैबीच, नेपाल तरुण दल खोटाङले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषी पत्ता लगाएर छिटोभन्दा छिटो कानूनी कारबाहीको दायरामा ल्याउन सरकार समक्ष माग गरेको छ। बालिका पन्तको हत्या भएको दुई महिना बित्दा समेत सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै तरुण दलले तत्काल अपराधी पत्ता लगाएर कडाभन्दा कडा कारबाहीको माग गरेको हो। तरुण दलले दोषीलाई कारबाहीको दायरामा ल्याएर सम्पूर्ण चेलीबेटी एवं दिदी बहिनीलाई सार्वजनिक स्थानमा निर्भय र स्वतन्त्ररुपले हिड्ने वाताबरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: २३ आश्विन २०७५ १०:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App