२२ असार २०७७ सोमबार
समाज

रेखा थापाको प्रश्न : न्याय माग्न आन्दोलन नै गर्नु पर्ने ? (भिडियो)

काठमाडौं- नायीका रेखा थापाले बलात्कारजस्ता घटनाका अपराधी लुकाएर सरकारले के गर्न खोज्दै छ भन्दै आक्रोश पोखेकी छन्। कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको न्यायको लागि गरिएको प्रदर्शनमा थापाले अपराधीलाई करवाही गर भनेर प्रष्ट भाषामा गरेको माग सरकारले नबुझेको भन्दै उनले सरकारले कस्तो खोजेको हो भन्दै प्रश्न गरिन्। उनले भनिन्, 'सरकारले सिधा भाषा बुझेन अब न्यायको लागि कस्तो भाषा प्रयोग गर्नु पर्ने हो।'

पछिल्लो समय देशमा महिला हिंसाका घटना बढेको भन्दै उनले आगामी दिनमा महिलाको भविष्य कस्तो होला भन्नेमा आफूहरु त्रसित रहेको बताईन्। न्याय माग्नका लागि विरोध र आन्दोलन नै गर्नुपर्ने अवस्था आउनु  दुखद रहेको उनले बताइन्। 

 

प्रकाशित: २० आश्विन २०७५ १५:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App