१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले वातावरणमा कुनै असर गर्दैन : वन प्राविधिक संघ

बारा - वन प्राविधिक संघ बाराले शुक्रवार कलैयामा पत्रकार सम्मेलन गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले वातावरणमा कुनै असर नपार्ने बताएकाे छ। वन कटानका कारण वातावरणमा असर पार्ने वहानामा बारामा निर्माण गर्न लागिएको विमानस्थललाई अन्य जिल्लामा लैजान खोजेको संघले आरोप समेत लगाएकाे छ।

संघका जिल्ला अध्यक्ष समेत रहेका वनस्पति विभागका पूर्व महानिर्देशक राजदेव प्रसाद यादवले विमानस्थल निर्माणका लागि आठ हजार पैतालीस हेक्टर वन क्षेत्र छुट्टयाइएकोमा एक हजार पाँच सय पचास हेक्टर क्षेत्रको रुख मात्र कटान गरी विमानस्थल निर्माण गर्न सकिने भए पनि एक समुहले बारामा विमानस्थल निर्माण गर्न नदिनको लागि सबै वन क्षेत्र नै विनास हुने झुठो प्रचारवाजी गरेको अरोप लगाए। ६ हजार ९ सय ९५ हेक्टर वन क्षेत्र विमानस्थलका लागि संरक्षित क्षेत्रको रुपमा राख्ने योजना भएकोमा केही संघ संस्था र व्यक्तिले गलत प्रचार गरी विमानस्थल बारामा बन्न नदिने षडयन्त्र गर्न लागेको भन्दै त्यसको बिरोध गर्न बारावासीलाई पत्रकार सम्मेलनमा यादवले आग्रह समेत गरे।

एयरपोर्ट सिटी वन वाहिर निर्माण गरी वन क्षेत्रको न्यून क्षतिमा विमानस्थललाई दक्षिण तर्फ लैजानु पर्ने अध्यक्ष यादवले पत्रकार सम्मेलन जानकारी गराए। निजगढसँगै जोडिएको अतिक्रमित क्षेत्रमा विमानस्थल बनाउने तर्फ राज्यले पहल गर्नु पर्ने तथा सिमित वन क्षेत्रमा वनलाई खण्डीकरण नहुने गरी विमानस्थल बनाउन उपयुक्त हुने यादवले बताए। 
 

 

प्रकाशित: १९ आश्विन २०७५ १५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App