७ वैशाख २०८१ शुक्रबार
समाज

आर्मी भन्दै रकम असुल्ने पक्राउ

रौतहट - रौतहटमा नेपाल आर्मीको घुमुवा भन्दै रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सदरमुकाम गौरका एक व्यापारीलाई पटक पटक फोन गर्दै रकम असुल्ने दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ भलोहियाका २३ बर्षीय जितेन्द्र दासलाई प्रहरीले नियन्त्रणमा लिएको हो। दासले व्यापारीलाई रकम नदिए गोदाममा छापामारी गराउने  धम्की दिएर जवरजस्ति रकम असुल्दै आएका थिए।

बुधवार पक्राउ परेका उनलाई प्रहरीले विहीवार सार्वजनिक गरेको हो। पक्राउ परेका दास माथि आवश्यक अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको रौतहटका प्रहरी प्रमुख एसपी केदार ढकालले जानकारी दिए।

 

प्रकाशित: १८ आश्विन २०७५ ११:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App