८ वैशाख २०८१ शनिबार
समाज

आगलागीबाट ५ घर जले

सर्लाही – सर्लाहीको दक्षिण पूर्वी क्षेत्रस्थित ब्रम्हपुरी गाउँपालिकामा आगलागीबाट पाँचवटा घर जलेर नष्ट भएको छ। घरभित्र राखिएका लत्ताकपडा एवं अन्न सहितका सम्पूर्ण सामग्री समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

ब्रम्हपुरी गाउँपालिका–७, मोहनगंज टोलस्थित रामनाथ पासवानको २ तले काठको घर तथा घरभित्र रहेको लत्ताकपडा, अन्न र नगद २१ हजार रुपैयाँ समेत जलेर नष्ट भएको छ।

त्यस्तै स्थानीय चन्दु माझीको २ तले काठको घर एवं लत्ता कपडा तथा अन्न, सजिवन माझीको १ तले फुस्को घर एवं लत्ताकपडा र अन्न, सुरज माझीको १ तले फुस्को घर एवं लत्ताकपडा र अन्न, नागेश्वर पासवानको फुस्को गोठ र एउटा बाख्रा समेत जलेर पूर्ण रुपले नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नागेश्वरको गोठमा लामखुट्टे धपाउनका लागि बालेको आगो सल्केर अन्य ४ वटा घर समेत जलेर पूर्ण रुपले नष्ट भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार अत्यन्त विपन्न परिवारको घरहरुमा बिहीबार बिहान सबा ५ बजे भएको आगलागीबाट ३ लाख २५ हजार बराबरको धनमाल नष्ट भएको छ।

 

प्रकाशित: १८ आश्विन २०७५ ०९:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App