२० असार २०७७ शनिबार
समाज

निर्मलाको न्यायको निम्ति र्‍याली

अछाम– कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको लामो समय वित्दा समेत सरकारले बलात्कारीलाई सार्वजनिक गर्न नसकेको भन्दै मंगलवार साँझ अछामको साँफेवगरमा मौन र्‍याली निकालिएको छ।

बाल अधिकारका लागि नागरिक सञ्जाल अछामको अगुवाईमा भएको र्‍यालीमा सहभागिहरुले निर्मलाको न्यायको लागि साफेवगर बजार परिक्रमा गरेका थिए। मौन र्‍यालीपछि भएको मैनबत्ती प्रजलन तथा कोणसभा कार्यक्रममा बोल्ने वक्ताहरुले लामो समयसम्म बलात्कारी सार्वजनिक नहुनुले समाजमा बलात्कारको घटना बढ्दै गएको बताएका छन्। सरकारले यसको जिम्मा लिएर तत्काल दोषीलाई पक्राउ गर्नुपर्ने माग गरेका छन्।

घटना भएको दुई महिनाभन्दा बढी भइसक्दा पनि हत्यारा पहिचान हुन नसक्नु र छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखेको बिरोधमा मौन जुलुसले सरकारलाई दबाब पुग्ने महिला अधिकार मञ्चका मन्जु कुँवरको भनाई छ। सरकारले अपराधीलाई सार्वजनिक नगरी संरक्षण गरिरहेको भन्दै सरकारलाई दबाब पुगोस भनेर मौन जलुसको आयोजना गरिएको बालअधिकारका लागि नागरिक सञ्जालका देविलाल उपाध्यायले बताए।

घटना घटेको दुई महिनाभन्दा बढी भइसक्दा पनि हत्यारा पहिचान हुन नसक्नु र छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखेका बिरोधमा ¥याली गरिएको वाक नेपालका अध्यक्ष मिनबहादुर कुँवरले बताए।

प्रकाशित: १६ आश्विन २०७५ २१:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App