१६ चैत्र २०८० शुक्रबार
समाज

पन्ध्र वर्षपछि अन्त्येष्टि

बाँके– पन्ध्र वर्षअघि अपहरणमा परेका लालबहादुर डाँगीको अवस्था अहिलेसम्म अज्ञात छ। तत्कालीन नेकपा माओवादीको अपहरणमा परेका डाँगी शान्ति प्रक्रियापछि पनि घर फर्किएनन।

परिवारले उनी आउने बाटो कुर्न भने छाडेनन्। पन्ध्र वर्ष बित्यो तर डाँगी फर्किएनन। बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयाका डाँगी परिवारमा अहिलेसम्म पनि द्वन्द्वले बनाएको घाउ निको भएको छैन। घरमूली फर्किने आशामा लामो समयदेखि बाटो हेरेर बसेको डाँगी परिवार अन्ततः निराश बन्यो। घरमूली फर्किने आश त्याग्दै डाँगीको धार्मिक संस्कारअनुसार अन्त्येष्टि गर्ने निष्कर्षमा पुग्यो। डाँगी परिवारले लालबहादुर फर्किने आशा मार्दै कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरेको छ।

‘बुबा फर्किने आशामा १५ वर्ष बित्यो, न बुबा फर्किनुभयो, न त उहाँको केही खबर नै प्राप्त भयो। त्यसैले हामी अन्त्येष्टि गर्ने निष्कर्षमा पुग्यौँ,’ लालबहादुरका जेठा छोरा प्रेमप्रकाशले भने।

२०६० असोज २ गते अपहरणमा परेका लालबहादुरको परिवारले सास र लास दुवै खोजी ग¥यो। केही पत्तो लागेन। ‘यत्तिका वर्ष बित्दासम्म बुबाको जति खोजी गरे पनि केही खबर पाउन नसकेपछि कुशको प्रतिमा बनाएर अन्त्येष्टि ग-यौं,’ प्रेमप्रकाशले भने।उनका अनुसार गाउँ नजिकै रहेको राप्ती नदीको घाटमा कुशको प्रतिमा बनाएर डाँगीको अन्त्येष्टि गरी काजकिरिया सुरु गरिएको छ। 

लालबहादुरको दाहसंस्कारको प्रक्रियापछि उहाँका श्रीमती गणमति र दाजुभाइ प्रेमप्रकाश र ओमप्रकाश किरियामा बसेका छन्। तत्कालीन स्थानीय शान्ति समिति बाँकेको तथ्याङ्कअनुसार जिल्लामा १२१ जना बेपत्ता छन्।

प्रकाशित: १६ आश्विन २०७५ ०६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App